हिमाका पूर्वअध्यक्ष शाहीको निधन

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाका पूर्वअध्यक्ष रजबहादुर शाहीको निधन भएको छ । शाहीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल बाँकेमा निधन भएको हो । अस्पताल निर्देशक डाक्टर रेशम रानाका अनुसार पूर्वअध्यक्ष शाहीलाई सेप्सिसको समस्या थियो ।

उनले पेटमा रगत संक्रमण भइ जमेको अवस्थामा अस्पतालमा ल्याइएको बताए । जमेको रगत सभा गर्नुका साथै शल्याक्रियामार्फत उपचार गर्दासमेत बचाउन सकिएको रानाले बताए । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष निर्वाचित भएका ६० वर्षीय शाहीको निधनले सिंगो जुम्ला शोकमग्न छ ।

उनी २०५२ मा तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सामेत भइ विभिन्न पदमा रही काम गरेको नेकपा माओवादी केन्द्रका इन्चार्ज नरेश भण्डारी बताउँछन् । शाही हाल नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्य छन् । शाहीको अन्तिम दाह संस्कार जुम्लामै गरिने भएको छ ।