जनयुद्धकाे राप र तापवाट जन्मेकाे प्रेस सेन्टरकाे चाैथाे साधारणसभा सम्पन्न ।

   प्रकाश  वि . क

नेकपा  माओवादि केन्द्रकी केन्द्रिय सदस्य तथा पूर्वराज्य मन्त्री गोमा कुँवरले जुम्लाको विकास र समृद्धिका लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताइ । प्रेस सेन्टर नेपाल जुम्ला शाखाको चौथो साधारणसभा तथा सिंजा र तिला गाउँपालिकाको आर्थिक एवं सामाजिक विकासमा पत्रकारिताको भुमिका र सुझाव संकलन कार्यक्रममा बोल्दै यस्तो बताइन।

स्थानीय तहमा रहेका पर्यटकिय क्षेत्रको व्यापक प्रचारप्रशार भएमा आर्थिक समृद्धिमा सहयोग पुग्ने उनकाे भनाइ छ ।  सेन्टर निकटका पत्रकाहरुलाई जनताका पक्षमा बोल्न र लेख्न उहाँले अनुरोध गरिन । जनयुद्धबाट प्राप्त उपलब्धिले देश संघियतामा जाँदा सिंह दरबारको अधिकार घर आगमनै पुगेको  बताइ   ।

युद्ध कालिन अवस्थामा काम गर्ने पत्रकारहरूलाई सम्मान गर्न उहाँले अनुरोध गरिन । सार्वजनिक पदमा बसेका व्यक्तिले राजनीतिक रंग दिने काम गर्नु उपयुक्त नभएको कुँवरको भनाइ छ । पत्रकारिता पेशा सुधारिनु पर्ने बताउँदै उनले गलत कुरालाई पर्दाफास गर्न अनुरोध गरेकी छन ।

जुम्लाका पत्रकारहरुलाई सामाजिक विकृतिका क्षेत्रमा कलम चलाउन कुँवरले सुझाव समेत दिएकी छन । यस्तै प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुरवहादुर सिंहले व्यवस्था परिवर्तनका लागि प्रेस सेन्टर नेपालको अह्म भूमिका रहेको स्मरण गराए। राजनीतिक कारणले गर्दा स्वतन्त्र हिसाबले पत्रकारिता क्षेत्र अघि बढ्न नसकेको उनको भनाइ छ ।

नेकपा माओवादि केन्द्रका केन्द्रीय सल्लाहकार समितिका सदस्यद्धय हरिवहादुर भण्डारी र डाक्टर कलवहादुर रोकायाले पत्रकारिता पेशालाई मर्यादित बनाउन अनुरोध समेत गरेका छन । वर्तमान सरकारले भ्रष्टचार विरोधि अभियान संचालन गरेकाले सरकारलाई सहयोग पुग्ने समाचार प्रकाशन तथा प्रशारणमा ध्यान दिन उनिहरुले सुझाव दिएका छन् ।

संघियता पछि अहिले पनि उपलो कर्णाली पछि परेको उनिहरुको भनाइ छ । कार्यक्रममा नेकपा माओवादि केन्द्र प्रदेश कमिटि सदस्य विष्णुवहादुर महत (गौरव), नेपाल राष्ट्रिय कर्मचारि संगठनका प्रदेश अध्यक्ष देवेश्वर गिरी, सिंजा गाउँपालिका जुम्लाका उपाध्यक्ष सितली रोकाया, जुम्ला बहुमुखि क्याम्पस जुम्लाका प्रमुख डाक्टर ओमप्रकाश आचार्य, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाही लगायतका वक्ताहरुले साधारणसभाको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रेस सेन्टर नेपाल शाखा जुम्लाका अध्यक्ष विजय रावतले निष्पक्ष पत्रकारीतामा जोड दिइने बताए। पत्रकारहरु राजनीतिक छत्रछायामा नपरि स्वतन्त्र भएर कलम चलाउनु पर्ने बताए। कार्यक्रमका वक्ताहरुले सहिदको त्याग र बलिदानबाट प्राप्त उपब्धिका कारण आज स्वतन्त्र भएर बोल्न पाएको बताएका छन् । उनिहरुले पत्रकारहरुलाई सत्य र न्यायका पक्षमा कलम चलाउनु समेत अनुरोध गरेका छन् ।

यसैगरि, साधारणसभाको अवसरमा प्रेस सेन्टर जुम्लाले पदमराज देवकोटा स्मृति अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषमा सिंजा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तिर्थ वडले ११ हजार १ सय रूपैयाँको चेक अक्षयकोषका नाममा दिएका छन ।

यसै गरि, नेपाल राष्ट्रिय कर्मचारि संगठनका प्रदेश अध्यक्ष देवेश्वर गिरीले १० हजार १ सय, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश सचिव उपेन्द्र न्यौपानेले १० हजार ९ सय ९३ रूपैया, खगेन्द्र मल्लले ५ हजार १ सय ११ रूपैयाँ, पूर्ण प्रसाद चौलागाईले ५ हजार र नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाहीले १० हजार रुपैयाँ पदमराज देवकोटा स्मृति अक्षयकोषमा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पदमराज देवकोटाको २०६० माघ ३० गतेका दिनमा जुम्लाको उमगाडमा सेनाको कारबाहीमा परि मृत्यु हुनु भएको थियो । स्वर्गीय देवकोटाकि आमा संगिता आचार्यलाई साधारणसभाको अवसरमा दोषला र प्रमाण पत्र दिएर सम्मान गरिए हाे