बाँकेमा हुम्ली एकता समाज गठन गरिदैँ

काेहलपुर : बाँकेमा भाेलि हुम्ला सेवा समाज बाँके गठन हुँदैछ । `सामूहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता´ भन्ने मुलसहित समाज गठग हुन लागेकाे हाे ।

हिमाली जिल्ला हुम्लाबाट बाँके जिल्लामा बसाइँसराइँ गरि आएकाहरूकाे सहभागीता समाज गठन गर्ने तयारी भइरहेकाे पत्रकार अशोक भण्डारीले बताए ।

उनका अनुसार भदाै २२ गते कोहलपुरमा बृहत भेला आयाेजना गरिनेछ । साे भेलाबाट तदर्थ समिति गठन हुनेछ ।

बाँकेका ८ वटै स्थानीय तहमा बसोबास गर्दै आएका भएका हुम्लीहरूलाई पत्रचार गरिएको छ ।