काेहलपुर उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य शिविर सञ्चालन

काेहलपुर : बाँकेकाे काेहलपुर-१३ मा स्वास्थ्यशिविर सम्पन्न भएकाे छ । काेहलपुर उद्योग वाणिज्य संघकाे आयाेजनामा वडा नम्बर १३ काे कार्यालयमा शिविर सम्पन्न भएकाे हाे । शिविरमा १०६ जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे संघका अध्यक्ष लक्ष्मणराज पाैडेलले बताए ।

उनका अनुसार केहीलाई प्राथमिक उपचारका लागि औषधिसमेत वितरण गरिएको छ । `वडाबासीको सहजताका लागी शिविर आयोजना गरिएको हो । शिविरमा अपेक्षा गरिएको भन्दा धेरैले सेवा लिनु भएको छ´ अध्यक्ष पौडेलले भने ।

संघले वर्षेनी यस्ता प्रकारका सामाजिक कार्य गर्दै आएको उनले बताए । आगामी दिनमा पनि अन्य वडाहरुमा यस्ता शिविर संचालन गरिने उनको भनाई छ ।

वडा मै गएर स्वस्थ्य जाच गराउन पाउँदा स्थानीयहरु निकै खुसी देखिएका थिए । स्वास्थ शिविर कोहलपुर उद्योग वाणिज्य संघको आयोजना र नागरिक पोलिक्लिनिक र उज्वल मेडिकल हलको प्राविधिक र औषधि सहयोगमा सम्पन्न भएको हो ।

शिविरमा डाक्टर दुर्गा बिसी रावत, डाक्टर देवेन्द्र आचार्य, डाक्टर दिब्या ढुंगाना,शुष्मा कुमाल, गेहेन्द्र केसी,पवित्रा ढकाल र पुष्कर योगीको टोलीको सहभागीता रहेको थियोे ।