जुम्ला : नागेपञ्चमीका दिन भगवती पूजाका लागि बडिमालिका प्रस्थान गरेकाे जुम्लाको सरकारी टोली फर्किएकाे छ । १७ दिन अघि जुम्लाकाे सरकारी टाेली कालिकोट र बाजुराको सिमानामा पर्ने प्रसिद्ध धामर्मिक स्थल बडिमालिका प्रस्थान गरेकाे थियाे ।
सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका माइको पुजामा हरेक वर्ष जुम्लाबाट सरकारी टोली जाने गर्दछ । साेही परम्पराअनुसार नाग पञ्चमीका दिन जुम्लाको टोली बडिमालिका गएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मिनबहादुर रावलकाे नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेका थिए ।
हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार सोमबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृविद् रमानन्द आचार्यले बताए ।
नेवार समुदायका जानकार चित्रलाल श्रेष्ठले साढे तीन सय वर्षदेखि जुम्लाकाे टाेली बडिमालिका जाने गर्दछ ।
फकर्किएकाे टाेलीलाई टुडिखेलमा नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर स्वागत गर्याे ।
जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामान(पेटारो) नामक झोलीमा राखेर पूजाका लागि पठाइएको थियाे ।
जुम्ला दर्पण । ९ भाद्र २०८१, आईतवार २०:५४