जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका-४ भारतीवाडाको चिया नास्ता पसलबाट लागूऔषध सेवन गरी रहेको अवस्थामा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्दननाथका ४८ वर्षीय खगेन्द्र भण्डारी, कनकासुन्दरी गाउँपालिका २ का २९ वर्षीय लाल बहादुर रोकाया, र सोही ठाउँमा बस्ने ४६ बर्षीय हरेराम खत्री रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलीले उनीहरुलाई रितपुर्वक खानतलासी गर्दा निज हरेराम खत्रीले लगाएको कोटको खल्तीबाट लागूऔषध चरेश कालो पदार्थ शुद्ध ९३० मिलिग्राम फेला परेको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ ।
जुम्ला दर्पण । १२ असार २०८०, मंगलवार २०:१८