जुम्ला । प्रेस चाैतारी नेपालकाे २६ ओैँ स्थापना दिवसकाे अवसरमा कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरिएकाे छ । दिवसकाे अवसर पारेर प्रेस चाैतारी जुम्लाले कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरेकाे हाे । पठन संस्कृतिकाे विकास र ज्ञान प्राप्तिका लागि राहत हाेस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाे प्रेस चाैतारी नेपाल जुम्ला शाखाले जनाएकाे छ ।
विभिन्न लेखकद्दारा लेखिएका पुस्तकले विभिन्न मुद्दामा सजाय भाेगीरहेका कैदीलाई उत्प्रेरणा मिल्ने र कैद जीवनपछि समाजमा पुर्नस्थापित हुन समेत उर्जा मिल्ने अपेक्षा सहित पुस्तक हस्तान्तरण गरिएकाे प्रेस चाैतारी जुम्लाका अध्यक्ष मानदत्त रावलले बताए ।
दिवसका अवसरमा विभिन्न लेखकद्दारा लेखिएका ३९ प्ररकारका ६६ थान पुस्तक हस्तान्तरण गरिएकाे छ । पुस्तकले पठन सिपकाे विकास र ज्ञान आर्जन हुने आशा छ । उनले भने ,’स्थापना दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भईरहेका छन् । हामीले जुम्ला कारागारका कैदीकन्दीलाई पुस्तक दिने निर्णय गर्याै । एकातिर विभिन्न लेखकद्दारा लेखिएका पुस्तकबाट ज्ञान प्राप्त हुने र अर्काेतिर सरकारकाे ‘कारागारमा पुस्तक अभियान’मा पनि सघाउ पुग्ने हाम्राे अपेक्षा हाे ।’ समाज,साहित्य,देशकाे राजनीतिक परिवेश,उधमशीलता,सकरात्मक साेचकाे विकास हुने खालका किताबहरु संकलित गरी हस्तान्तरण गरिएकाे छ ।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले स्थापना दिवसकाे शुभकामना दिदैँ प्रेस चाैतारी जुम्लाले पुस्तक हस्तान्तर मात्र नभई ज्ञान बाड्ने कार्यक्रम गरेकाेमा प्रशंसा गरे । अन्य संगठनहरुले यस्तै रचनात्मक काम गर्नु पर्नेमा जाेड दिए ।
हाल कारागारमा १०६ पुरुष र ४ जना महिला गरि कुल ११० जना कैदीबन्दी रहेका छन् ।
कैदीबन्दीलाई पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागी ,पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य पुर्ण प्रसाद चाैलागाइ,प्रेस सेन्टरका अध्यक्ष विजय रावत,प्रेस यूनियनका अध्यक्ष प्रकाश उपाध्याय लगायतका पत्रकारहरुकाे स्थापना दिवसकाे शुभकामना व्यक्त गरेका थिए ।
जुम्ला दर्पण । २२ माघ २०८०, सोमबार १५:५२