जुम्ला — तातोपानी गाउँपालिका–५ फान्चौरमा निर्माणाधीन वृद्धाश्रमको स्टोर र किचनमा भीषण आगलागी भएको छ। आगलागीबाट झण्डै १० देखि १२ लाख रुपैयाँसम्मको क्षति भएको ठेकेदारले जानकारी दिएका छन्।
सदन शहरी तथा भवन डिभिजन कार्यालय, जुम्लाबाट सञ्चालित उक्त योजना अन्तिम चरणमा पुगेको थियो। आगलागीको प्रमुख कारण ग्यास सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ।
घटनास्थलमा स्थानीय बासिन्दा तथा निर्माण टोलीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ। विस्तृत विवरण आउन बाँकी छ।

डिल्ली कामी । १२ असार २०८२, बिहीबार ११:५६