वेपत्ता पारिएका ट्याक्टर चालक गिरीको घटना सार्वजनिक गर्न मजदुर यातायात समाज जुम्लाको माग

डिल्ली अन्जान

जुम्ला – बेपत्ता पारिएका ट्याक्टर चालक धन गिरिको सत्य तथ्य घटनाको माग गर्दै यातायात मजदुर समाज जुम्लाले सरोकारवालाको ध्यानाकर्षण गराएको छ।  २०७७ साल असोज १५ गते गुठिचौर गाउपालिकाको मणिसाघुदेखी जुम्ला बजार आउने क्रममा ट्याक्टर चालक गिरि बेपत्ता भएका थिए ।
बेपत्ता पारिएको आरोपमा बिमल महत,बिनोद गिरि,सागर गिरि र द्वन्द बहादुर भण्डारीलाई पुर्वपक्षको लागि प्रहरीले जेल चलान गरेको थियो।
बेपत्ता गिरिको डि.एन.ए.रिपोर्ट नआउदै जिल्ला अदालत जुम्ला र उच्च अदालत सुर्खेत जुम्ला इजलासले प्रतिवादिको पक्षमा फैसला गरेको हुदा दुबै फैसला र आदेश मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २०६ को उपदफा ७ को ( क ) बमोजिम नभइ प्रतिवादीलाई संरक्षण गर्न खोजेको पिडितको आरोप छ।
अदालतले उक्त गरिएको फैसलालाई पुनः बिचार नगरेमा यातायात मजदुर समाज जुम्लाले साउन २५ गतेदेखि कर्णाली राजमार्ग पुर्णरुपमा अबरुद्ध गरिने यातायात मजदुर समाज जुम्लाका अध्यक्ष हस्तराज गिरिले बताउनु भयो।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका शाखा अधिकृत नविन केसीका अनुसार जिल्लाको फैसला उच्चले सदर गरेको हो । उनले भने फैसला चित्त नबुझेपछि यो भन्दा माथिल्लो निकाय सर्वाेच्चमा मुद्दा दायर गर्न मिल्ले ठाउँ छ । प्रतीबादीपक्षले डिएनए परीक्षणको कुरा गरेको बुझिन्छ । तर मुद्दाको मिसिल र सरकारी वकिलले डिएनए परीक्षणको कही कतै वकालत गरेको पाईदैन । प्रतीबादीपक्षले देखाएको पत्र अनुसार सरकारी वकिल र जिल्ला प्रहरी कार्यालय बीच मात्रै भएको देखिन्छ । तर त्यो पत्र उच्च अदालतमा पुगेको देखिदैन ।
बेपत्ता ट्याक्टर चलक गिरिकी श्रीमती मिना गिरि,२ छोरी र १ छोरा इटहरीमा आफन्तको पालन पोषण र संरक्षणमा रहेका छन ।