बाँके, अर्थमन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेका छन् ।
नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहीबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागे पछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै केही राहतको पहल गरी दिन आग्रह गरेका हुन् ।
अर्थमन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै उनले नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गरे ।
मन्त्री शर्माले भारतीय सिमासँग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याउने जिकिर गरे ।
जुम्ला दर्पण । १६ भाद्र २०७९, बिहीबार १९:१६