स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट विश्वकर्मा पुरस्कृत

बाँके :स्व.दीपबहादुर स्मृति  प्रतिष्ठानले प्रदान गर्दै अाएकाे `स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार´बाँकेकि पत्रकार अनिता विश्वकर्मालाई प्रदान गरिएकाे छ ।प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिकाे प्रथम वार्षिकोत्सवकाे अवसरमा पाँच हजार राशीकाे उक्त पुरस्कार काेहलपुरमा क्रियाशील पत्रकारिता गरिरहेकी विश्वकर्मालाई प्रदान गरिएकाे हाे ।

`स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार´ ग्रहण गदर्दै पत्रकार अनिता विश्वकर्मा

 

उक्त पुरस्कार जुम्लामा समेत वितरण हुदै अाएकाे छ । जुम्लामा दस हजार राशीकाे पुरस्कार पहिलाे वर्ष सागर परियारलाई प्रदान गरिएकाे थियाे । याे पुरस्कार हरेक वर्ष जुम्ला र बाँकेमा प्रदान हुनेछ ।

जुम्लामा पुरस्कृत भएका परियार नेपाल पत्रकार महासंघ जुम्लाका सह सचिव हुन् भने विश्वकर्मा काेहलपुरस्थित प्रतिबाेध एफ.एम.मा अावद्व छिन् । उनी प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेकी काेषाध्यक्ष तथा काेहलपुर नगर समितिकि सदस्य समेत हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा काेहलपुर नगरपालिका अभियान संयाेजक दामा शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा विभिन्न अग्रज संचारकर्मीहरूलाई सम्मान गरीएकाे थियाे । प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिले लामाे समयदेखि संगठनमा आवद्ध रहि संगठनकाे बिकास र बिस्तारमा महत्वपूर्ण भुमिका खेलेका एक दर्जन अग्रजहरूलाई दाेसल्ला ओढाएर सम्मान गरेकाे हाे ।

सम्मानित हुनेहरूमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, केन्द्रीय सदस्यद्वय शिव सुनार र डा. डक्ट प्रसाद धिताल, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिवद्वय आलम खान र गजेन्द्र गुरूङ, प्रदेश सदस्य हेमन्त चाैधरी, पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्ष राजेश आचार्य, उपाध्यक्ष सीता वली र सचिव केपि घिमिरे रहेका छन् ।

त्यसैगरी काेहलपुर नगरपालिकाबाट पुरस्कृत भएका प्रेसहि सेन्टर नेपाल बाँकेका सह सचिव डिल्ली शाही र प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिका सचिव  र शुभाकर विश्वकर्मालाई समेत कदर पत्र प्रदान गरीएकाे थियाे ।प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा प्रथम वाषिर्कोत्सव सम्पन्न भएकाे हाे ।