संविधानसभा सदस्य देवीलाल थापा बने एमाले जुम्लाको चुनावी कमाण्डर

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले जुम्लाले २५ सय एक जनाको निर्वाचन परिचालन समिति गठन गरेको छ । निर्वाचनलाई लक्षितगरी नेकपा एमाले जुम्लाले २५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

जिल्ला अध्यक्ष शान्तिलाल महत उम्मेदवार बनेको चुनावी अभियानको कमाण्डर बनेका छत्, संविधानसभा सदस्य देवीलाल थापा । जुम्लाका आठ वटै स्थानीय तहमा संयोजक थापाको नेतृत्वमा निर्वाचन गतिविधि सञ्चालन हुने नेकपा एकमाले जुम्लाले जनाएको छ । यस्तै पालिकास्तरी संयोजक र इन्चार्जसमेत तोकिएको छ ।
यी हुन् पालिका संयोजक र इन्चार्ज

तातोपानी गाउँपालिकामा पालिका स्तरीय निर्वाचन परिचालन कमिटीको संयोजकमा आदी प्रसाद न्यौपाने र ईन्चार्ज धनकृष्ण पाण्डे रहेका छन् । तिला गाउँपालिकामा संयोजक रेशम बहादुर शाही, ईन्चार्ज गोर्ख बहादुर बुढा, हिमा गाउँपालिकामा संयोजक गोरेनाथ योगी, ईन्चार्ज जय बहादुर खत्रीलाई तोकिएको छ ।सिंजा गाउँपालिकाको संयोजकमा धन बहादुर बुढा, ईन्चार्जमा नन्दराम रोकाया, कनकासन्दरी गाउँपालिकामा जय बहादुर बुढालाई संयोजक र मान बहादुर रोकायालाई ईन्चार्जको जिम्मेवारी दिईएको नेकपा एमाले जुम्लाले जनाएको छ ।

साथै पातारासी गाउँपालिकाको संयोजकमा विष्णु बहादुर बुढा र ईन्चार्जमा बल बहादुर महत, गुठिचौर गाउँपालिकामा संयोजक खड्क बुढा र ईन्चार्जमा प्रेम बहादुर बुढा र चन्दननाथ नगरपालिकामा संयोजकमा रामराजा महत र ईन्चार्जमा भिम बहादुर थापालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।