जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ला। जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए।

बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, “स्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन् । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी रु ६० मा बिक्री सुरु गरेका छौँ ।

गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लाने गरेका छन् ।” पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएका छौँ । स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ ।

यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताइन् ।