जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातका लिंगा फेरिएका छन् । परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर घटस्थापना मनाईएको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याई सकेपछि मात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापनाको दिन मनाउदै आउने चलनअनुसार यो पटक पनि लिंगा फेरिएको हो । जुम्ला सदरमुकामा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा सहित नयाँ लिंगो फेरिने चलन अनुसार मनाईएको छ ।
जुम्ला दर्पण । २८ आश्विन २०८०, आईतवार १७:०७