कालिकोट : कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएका छन् । एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालिकोटबाट कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहेका शाही सिफासि भएका हुन् ।
उनीसँगै कालिकोटको रास्कोट नगरपालिकाका निवर्तमान प्रमुख काशिचन्द्र बराल, लक्ष्मीप्रसाद चौलागाई र विष्णुबहादुर विश्वकर्माको नामपनि सिफारिसमा परेको नेकपा माओवादी केन्द्र कालिकोटले जनाएको छ ।
यस्तै, समानुपातिक तर्फ गंगा खडका (पिछडिएको क्षेत्र ), तुलाराज बिक (दलित) र मान बहादुर भण्डारी (खस आर्य) तर्फबाट सिफारिस भएका हुन ।
प्रदेश क तर्फ प्रत्यक्षमा दुर्ग बहादुर रावत सिफारिस भएका छन् भने समानुपातिकमा यसोधा न्यौपाने सिफारिस भएकी हुन ।
यस्तै, प्रदेश सभा ख तर्फ जीवन बुढा सिफारिस हुँदा समानुपातिक तर्फ मिठु बम (महिला), हजा सुनार (दलित) र भानुभक्त सन्ज्याल (खसआर्य) सिफारिस भएका हुन ।
जुम्ला दर्पण । २२ भाद्र २०७९, बुधबार १८:४२