प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : कर्णालीका मुख्यमन्त्री हुम्लाबाट एकल उम्मेदवार सिफारिस

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगामी निर्वाचन लड्ने पक्का भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि हुम्लाबाट एकल उम्मेदवार सिफारिस भएसँगै शाही फेरि चुनाव लड्ने पक्का भएको हो ।

बिहीवार बसेको नेपाली कांग्रेस हुम्लाको बैठकले शाहीलाई दुवै पदमा सिफारिस गर्ने निणर्य गरेको हो । शाही २०७४ को स्थानीय तहको निर्वाचनमा हुम्ला क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।


उनले नेकपा माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका थिए । शाहीले त्यतिबेला उनले ४ हजार ५ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् । भण्डारीले ३ हजार ९ सय ९५ मत प्राप्त गरी पराजित भएका थिए ।

१ प्रतिनिधिसभा रहेको हुम्लामा यसअघि स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका थिए ।यद्यपी गठवन्धनको भागवण्डा पर्खिएका मुख्यमन्त्री शाहीले प्रदेशमै बस्ने की संघमा जाने भन्ने निणर्यमा पुगि नसकेको स्रोतको दावी छ ।