जुम्ला : जाजरकोट र रूकुम पश्चिमका भुकम्प पीडितलाई तातोपानी गाउँपालिकाले आर्थिक सहयाेग गनर्ने भएकाेे छ । शुक्रबार राति गएकाे भुकम्पमा परी विस्थापित भएकालाई गाउँपालिकाले दश लाख रूपैयाँ सहयाेग गर्ने भएकाे हाे ।
गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले उक्त घाेषणा गरेकाे हाे । गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईका अनुसार भुकम्प पीडित जिल्लाका लागि उद्वार,राहत र पुन निर्माणमा सहयाेगका लागि गाउँपालिकाका तर्फबाट दश लाख रूपैयाँ सहयाेग गर्ने निर्णय गरिएकाे हाे ।
गाउँपालिकाकाे तफर्फबाट गरिने सहयाेग नेपाल सरकार माफर्फत सहयाेग गरिने अध्यक्ष चाैलागाईले बताए । जाजरकोटकाे बारेकाेट गाउँपालिकाकाे रानी डाँडा केन्द्रविन्दु भएर आएकाे भुकम्पका कारण जाजरकोट र रूकुम पश्चिम जिल्लामा भएकाे ठुलाे मानवीय क्षतिप्रति गाउँपालिकाले दु:ख व्यक्त गरेकाे छ ।
जुम्ला दर्पण । १९ कार्तिक २०८०, आईतवार १६:४१