जुम्ला: जिल्लाकाे हिमा गाउँपालिकाले अहिले पनि भाडाकाे भवनबाटै सेवा प्रवाह गदर्दै आएकाे छ । स्थानीय तह लागु भएकाे लामाे समय बितिसक्दापनि हिमाले आफ्नै संरचना बनाउन सकेकाे छैन ।
तर,अब भने हिमा गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने बाटाे खुलेकाे छ । लामाे समयकाे प्रयास र पहलपछि गाउँपालिकाले प्रशासकीय भवनका लागि नि:शुल्क जग्गा प्राप्त गरेकाे हाे ।
उक्त भवन निमर्माणका लागि गाउँपालिकाले ३९ सय वर्गमीटर जग्गा नि:शुुल्क प्राप्त गरेकाे हाे । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीका अनुसार हिमा गाउँपालिका वडा नम्बर ५ का दान बहादुर शाहीले ३ हजार १ सय वर्गमिटर र सोही वडाका दलबीर शाहीले ८ सय वर्गमिटर जग्गा नि:शुल्क दान गरेका हुन् ।
गाउँपालिकालाई नि:शुल्क जग्गा दान गर्नेलाई उनले धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष शाहीले निर्वाचित भए पश्चात निरन्तर लामो समयको प्रयासपछि आज जग्गा गाउँपालिकाको नाममा पास गर्न सफल भएको बताए ।
उनले आफ्नाे फेसबुकमा लेखेका छन्,`ऐतिहासिक रुपमा हिमा गाउँपालिका को प्रशासकीय भवन निर्माणका लागि हिमा गाउँपालिका वडा नम्बर ५ बाजागाडमा जग्गा प्राप्त भएको छ । गाउँसभा लाई सम्बोधन गर्दा र निर्वाचन का बेलामा विभिन्न गाउँ वस्तिहरुमा गरेको प्रतिबधता थुप्रै बाधा अड्चनलाई छिचोल्दै आज पुरा गरेको छु ।´
जुम्ला दर्पण । २१ कार्तिक २०८०, मंगलवार १९:२२