जुम्लाको तातोपानी गाउँपालिकामा बाल केन्द्रित बजेट विश्लेषण सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएकाे छ। नागरिक समाजकाे आयाेजना तथा सेभ द चिल्ड्रेन, किर्डाक नेपालकाे सहजीकरणमा एक दिने कार्यशाला गाेष्ठि सम्पन्न भएकाे हाे।
गाेष्ठिमा गत आर्थिक वर्षमा तातोपानी गाउँपालिकामा बालबालिका केन्द्रित बजेट विनियोजन, कार्यान्वयन तथा हाल सम्म पालिकामा बालबालिका सम्बन्धि बनेका ऐन, कानुन तथा कार्यविधि बारे समिक्षा भएकाे सहयात्रा तेस्राे परियाेजना संयाेजक प्रकाश बहादुर शाहीले बताएका छन्।
“बालबालिका राष्ट्रिय गौरव हुन्”, “बाल अधिकार हामी सबैको सरोकारको विषय हो, भन्ने नाराका साथ तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा प्रहरीकाे उपस्थितिमा बाल केन्द्रित बजेटका सवालमा व्यापक छलफल तथा विचार विमर्श भएकाे शाहीले बताए ।
बालबालिका सम्बन्धी ऐन २०७५ ले व्यवस्था गरेका स्थानीय तहमा हुनुपर्ने ४ वटा दफामा दफा ६२ बाहेक अरु तीन वटा पूरा भएकाे तातोपानी गाउँपालिकाका कार्यबाहक अध्यक्ष गाेकर्ण रावलले बताए। दफा ६० मा भएकाे स्थानीय बाल अधिकार समिती गठन तथा परिचालन, दफा ६१ काे बाल कल्याण अधिकारी र दफा ६३ बाल कोष मध्य सबै पूरा भएकाे उनले बताए। दफा ६२ काे समाजसेवी तथा बाल मनोविज्ञ पुुरा हुन नसकेकाे उनले बताए । आगामी दिनमा समेत बालबालिकालाई केन्द्रमा राखि काम गरिने उनले प्रतिवद्वता जनाएका छन्।
बिगतकाे भन्दा याे बर्ष बालमैत्रि स्थानिय शासन मा विशेष बजेट व्यवस्थापन गरिएको तातोपानीका निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डागिले बताएका छन् । बालबालिका केन्द्रित बजेट २०% बाट याे बर्ष ५ % बढेकाे डागिले बताएका छन्। यसका साथै बाल बजेट बिश्लेषणका लागि शाखा प्रमुखकाे हरुकाे नेतृत्वमा ११ सदस्यीय समिति गठन भयकाे छ । गाेष्ठिमा मनाेसामाजिक सेवा तथा परामर्शकाे बारे छलफल समेेत भएकाे छ।

डिल्ली कामी । २८ श्रावण २०८२, मंगलवार २१:३६