खस संस्कृति संरक्षणकाे `कसम´खाएकाे कसंम नाटक घर

जुम्ला : कनकासुन्दरी-५ मा अवस्थित छ,कंसम नाटक घर । यसकाे सञ्चालन गरिरहेकाे छ,कर्णाली खस संस्कृति संरक्षण मञ्चले । मञ्चकाे वि.स.२०६४ मा स्थापना भएकाे हाे । विधिवत रूपमा भने मञ्चकाे दर्ता वि.स.२०६६ मा भएकाे हाे । मञ्चका संस्थापक अध्यक्ष हुन्, सुर्यमणी हमाल । कनकासुन्दरी-४ का निवर्तमान वडाअध्यक्षसमेत रहेका हमालमा खस सभ्यताकाे जननी क्षेत्रमा संस्कृति संरक्षणकाे अभियान थालेका थिए । उनी स्वयम् पनि कलाकार हुन् ।
संस्थालाई संस्थागत गर्न र कानुनी मान्यता दिन आवश्यक काम भने दिपेन्द्र उपाध्यायले सम्हाले । दिपेन्द्र अहिलेपनि मञ्चका सचिव छन् । मञ्चकाे नेतृत्व गरिरहेका छन्, सात दशक पार गरिसकेका भानुभक्त उपाध्यायले ।
खस संस्कृति जर्गेना, नाटकका माध्यमबाट जनचेतना फैलाउनेे,नाटम सिकाउने र मञ्चन गर्ने उद्देश्यले मञ्चकाे स्थापना भएकाे हाे । मञ्चले अहिलेसम्म चार वटा नाटक र दर्जन बढी सडक नाटक मञ्चन र प्रस्तुत गरिसकेकाे छ । २०७५ मा सुर्खेतमा मञ्चले पहिलोपटक `फड्काे´ नाटक प्रस्तुत गरेकाे थियाे । कर्णालीकाे कसरी विकास गर्न र फड्काे मार्न सकिन्छ भन्ने विषय समेटिएकाे थियाे ।
नाटकका लेखक,निर्देशक थिए,रन्ने बहादुर घर्ती ।उक्त नाटकमा १९ जना कलाकार सहभागी थिए । उक्त नाटक सहभागी मध्ये उत्कृष्ट घाेषित बनेकाे थियाे । नेपाल प्रज्ञा प्रतिष्ठानकाे आयाेजना र आरंगा नेपालकाे सहजीकरणमा भएकाे कार्यक्रममा सात प्रदेश सहभागी थिए । मञ्चले २०७९ असार काठमाडौंमा `कुटिराे´ नाटक प्रदर्शन गरेकाे थियाे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयाेजित, कुञ्ज थियटरमा सञ्चालन कुटिराे लेखक भने भानुभक्त उपाध्याय हुन् । निर्देशक थिए रन्नेबहादुर घर्ती । यहीँ समुहले २०८० नाटक वैशाख २१ देखि जेठ ४ सम्म `करनालीकाे आशुँ´ देखाइएकाे थियाे । यसकापनि लेखक थिए,भानुभक्त उपाध्याय । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे सहयाेगमा उक्त नाटक प्रस्तुत गरिएकाे थियाे ।

मञ्चले अहिलेपनि दुई महिने बाद्दबादन,संगीत र नृत्य प्रशिक्षण चलिरहेकाे छ । प्रशिक्षकमा संगीतकार र नृत्यकार तिलक गन्धर्व छन् । उनी बागिनाका उत्पादन हुन् । विहान हार्ममाेनियम र मादल, दिउँसाे नृत्य र गायनकाे प्रशिक्षण हुने गरेकाे उनले बताए ।
मादलकाे संयाेजन प्रेम वैरागी र नाटककाे जिम्मा रन्ने बहादुर घर्तीलाई छ । अहिले २० जनाले प्रशिक्षण गरिरहेका छन् । याे कर्णालीमा दाेस्राे नाटक घर हाे । यसअघि मुगुमा नाटक घर खुलेकाे थियाे ।