फान्चाैरी परिवारद्वारा जेष्ठ नागरिक संघलाई नि:शुल्क जग्गादान

शुभाकर विश्वकर्मा,जुम्ला :

तातोपानी गाउँपालिका जुम्ला वडा ५ निवासी फान्चाैरी परिवारले पालिका स्तरीय जेष्ठ नागरिक संघलाई नि:शुल्क जग्गा दान गरेका छन् । वडा नम्बर ५ स्थित फान्चाैरमा रहेकाे जग्गा फान्चाैरी परिवारकाे तर्फबाट घरमुली मनशाेभा चाैलागाईल संघलाई नि:शुल्क प्रदान गरेकी हुन् ।

जग्गादाता चाैलागाईका अनुसार कुलदेवता र इश्वरको आशिर्वाद सम्झी तातोपानी गाउँपालिका जेष्ठ नागरिक संघलाई भवन ,संरचना ,उत्पादनमुलक लगायत विविध प्रयोजनका लागि नि:शुल्क प्रदान गरिएकाे हाे ।


उक्त जग्गा साेमबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई, उपाध्यक्ष रेवती रावत र वडा नम्बर ५ का अध्यक्ष छिरिङ महतकाे राेहाेबरमा संघलाई लालपुर्जा प्रदान गरिएकाे हाे । उक्त जग्गा वडा नम्बर ५(ग) कित्ता नम्बर ६० र क्षेत्रफल २०२० वर्गमीटर रहेकाे छ ।

 उक्त जग्गा चाैलागाईद्वयका छाेरा किरण प्रकाश चाैलागाईकाे नाममा दर्ता रहेकाे छ । उक्त जग्गा सम्पूर्ण फान्चाैरी सदस्यहरूकाे तर्फबाट पालिकाका नेतृत्वकाे उपस्थितिमा प्रदान गरिएकाे हाे ।

फान्चाैरी परिवार र जेष्ठ नागरिक संघ तातोपानीबीच जग्गा दिने बारे सहमति पत्रमा भनिएकाे छ,` फान्चाेरी परिवारका सदस्यहरूबाट आफ्ना कुलदेवता र इष्ट देवताकाे आर्शिवाद सम्झदै मान्यजन तथा प्रियजन समस्तकाे हित सन्ताेष चिताउँदै हाम्राे आफ्नै गाउँपालिकाका विशिष्टजनकाे समुपस्थितिमा संघलाई राजी खुसीले दिन सहमति गर्याै ।´


जेष्ठ नागरिक तथा सहयाेगापेक्षी मानिसहरूकाे आवश्यकता तथा भविस्यमा समेत जेष्ठ नागरिककाे हकहितकाे निमित्त उपभाेगकाे लागि प्रदान गरिएकाे पनि सहमतिमा उल्लेख छ ।

जेष्ठ नारिक संघ ताताेपानीका अध्यक्ष दलबहादुर खड्काले जग्गा प्राप्त हुँदा खुसी लागेकाे बताए । उनका अनुसार अब संघकाे भवन बनाउने सपना साकार हुने भएकाे छ ।
गाउँपालिका अध्यक्ष चाैलागाईले नि:शुल्क जग्गा दान उत्कृष्ट मानवीय काम भएकाे प्रतिक्रिया दिए ।