मुगुमा ट्याक्टरले कुल्चेर दुई वर्षीय बालककाे मृत्युु

 मुगु : मुगुमन ट्याक्टरले कुल्चेर एक बालकको मृत्यु भएको छ । छायांनाथ रारा- ४ चौतारामा ट्याक्टरले कुल्चेर एक बालककाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४  दुई वर्षीय सुप्रिम राेकाया गरेका छन् ।  आईतवार साझ ५ :१५ बजे मृतक रोकाय बजारबाट घरमा जाने क्रममा घर नजिकै चौतारामा लु ५ त ३१४ नम्बरको ट्याक्टरले कुल्चेर मृतृयु भएकाे हाे ।

चालक छायाँनाथ रारा नगरपालिका १० का  २२ वर्षीय धन बहादुर बडुवाललाई प्रहरीले नियन्त्रणमा लिईएको जनाईएको छ ।

मृतक रोकायाको पोस्टमाटमका लागि सब जिल्ला अस्पतालमा राखीएको छ भने चालक बडुवाल अहिले अचेत अवस्था रहेकाले घटनाको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।