जुम्लामा पत्रकार र कर्मचारी बीच मैत्रीपुर्ण फुटबल सम्पन्न

प्रकाश बि.क

जुम्लामा १३ ओैं विश्व रेडियो दिवको उपलक्ष्यमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल आज सम्पन्न भएको छ।

दुइवटा मैत्रीपूर्ण खेलमा पत्रकारको टिमले पातारासीका कर्मचारीसँग जित निकालेको थियो भने तातोपानीका कर्मचारीसँग हार व्यहोरेको छ।

पातरासी र पत्रकारको खेलमा निर्धारित ९० मिनेटको दुबै टिमले दुई दुई गोल गरेपछि पेनाल्टी सुट आउट भएको थियो।

पेनाल्टी सुट आउटमा चारका विरुद्ध पाँच गोल गरेर जीत निकालेका पत्रकारको टिमले मंगलबार तातोपानी गाउँपालिकाका कर्मचारीको टिमसँग भने हार व्यहोरेको छ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट तीन तीन गोल भएपछि थप भएको ३० मिनेटको खेलमा तातोपानी गाउँपालिका कर्मचारीको टिमले थप दुई गोल गर्दै जित निकालेेको हो।

तातोपानी गाउँपालिकाका ओम बहादुर चन्दले दुई गोल गरे भने अंगत सेजुवाल, धिरज खत्री र चक्र लामाले एक एक गोल गरे।

त्यस्तै पत्रकारको टिमबाट प्रकाश बि क ले

दुई गोल गरे भने  सुमन खत्रीले एक गोल गरे।

खेलको आयोजना जुम्लाका रेडियोहरु रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडियो खेला आकाश र रेडियो नारी आवाजले गरेका हुन।