जुम्ला : अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा अवसरमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला प्रहरी कार्यालय जुम्लाकाे आयाेजनामा दिवसका अवसरमा चन्दननाथ-६ स्थित जिल्ला प्रहरी कार्यालय जुम्लाको कबर्ड हलमा अन्तरक्रिया कायर्यक्रम सम्पन्न भएकाे हाे ।
`सामुदायिक साझेदारी कार्यक्रम´ अन्तर्गत चन्दननाथ – ६ का कार्यबाहक वडाअध्यक्ष मानु सुवर्णकारको अतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएकाे थियाे । उक्त अवसरमा बाेल्दै उनले मानव बेचबिखन राेक्न सबैकाे हातेमालाे आवश्यक रहेकाे बताइन् ।
उनका अनुसार सबै सराेकारवाला मिलेर समस्या समाधान गर्नुपर्छ। दिवसको अवसरमा कार्यालयका प्रहरी निरीक्षक असिम हमालले जुम्ला जिल्ला मानव बेचबिखनकाे लागि जाेखिमयुक्त भएकाे बताए ।
उनले यस्ताे कार्य राेक्नकाे लागि जनचेतनामूलक कार्यक्रम गरिरहेकाे जानकारी दिए । उक्त अवसरमा जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयहरुको प्रतिनिधी, बिभिन्न संघ – संस्थाका प्रतिनिधि बुद्धिजिबी, समाजसेबीसहित ७० जनाको सहभागिता रहेकाे थियाे ।
जुम्ला दर्पण । १५ श्रावण २०८१, मंगलवार २१:४४