जुम्ला : एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाको अध्यक्षमा भीमबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । शनिबार जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न संगठनको १३ औं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति पदाधिकारी चयन गरेको हो । संगठनको उपाध्यक्ष देवेन्द्र बहादुर शाही , महिला उपाध्यक्षमा विष्णुमाया महत, सचिवमा कर्ण बहादुर शाही , सह–सचिव तारा राेकाया, कोषाध्यक्ष टेकबहादुर खत्री निर्वाचित भएको नवनिर्वाचित सचिव शाहीले जानकारी दिनुभयो । सो अधिवेशनले सदस्यमा नरेन्द्र राेकाया,सर्जुन राेकाया,धर्मकृष्ण उपाध्याय ,हरिबहादुर रावत ,र भक्त बुढा गरि १३ सदस्यसिय जिल्ला कार्यसमिति गठन भएको नवनिर्वाचित सचिव शाहीले जानकारी दिनुभयो । शिक्षकको पेशागत हकहितका लागि संगठनले सधैं आवाज उठाउने नवनिर्वाचित अध्यक्ष थापाको भनाइ छ। अधिवेशनले संगठनको केन्द्रिय प्रतिनिधिका रुपमा जाजल्यराज न्याैपाने र मानबहादुर राेकायालाई चयन गरेको छ ।

डिल्ली कामी । २ चैत्र २०८१, आईतवार ०६:४५