जुम्ला: जिल्लाको चन्दननाथ नगरपालिका ३ डाँडाकोटका २६ वर्षीय राजन नेपालीको काठमाडौँमा उपचार सुरु भएको छ । विगत ७ वर्षदेखि पहिचान हुन नसकेको रोगका कारण थला परेका नेपालीको पाटन अस्पतालमा उपचार सुरु भएको हो । उउनी हिँडडुल गर्न सक्दैनन्। पछिल्लो अवस्थाले उनी निकै हतास मनस्थितिमा गुज्रिरहेका छन।
यो अवधिमा उनले कहिल्यै कसैलाई उपचारका निम्ति गुहारेनन्। आफूसँग भएको धेरथोर रकमबाट सकेको उपचार गरे। रोग पत्ता नलागेपछि जस्तोसुकै औषधिरमुलोको के काम पैसा खर्च हुँदै गयो। धन सम्पति नासिँदै गयो। तर, उनी निको भएनन। झन् कमजोर बन्दै गए। विगत एक वर्षयता उनी उपचार गराउन सक्ने अवस्था समेत थिए । तर, गत माघ ६ गतेबाट सुरु भएको राजन नेपाली बचाउ अभियान अन्तर्गत संकलित रकमबाट उनको उपचार सुरु भएको हो ।
उपचार खर्च नहुँदा तड्पिरहेको राजन अव भने आशावादी देखिएका छन् । ‘साथीहरुको सहयोगले उपचार सुरु भएको छ । सन्चो हुने आशा छ । तर, उपचार खर्च भने धेरै लाग्ने देखिन्छ । त्यसैले सहयोगी मनहरुलाई उपचारका लागि सहयोग गरिदिन अनुरोध छ ’उनी भन्छन् ।
सहयोगबाट जुक्त एक लाख रकम
नेपालीको उपचार खर्च जोहो गर्नको लागि हामीले सामाजिक सञ्जाल फेसबुकमा सुरु गरेको ‘राजन नेपालीको उपचारको लागि सहयोग अभियान’मा उल्लेख्य मात्रामा सहयोग प्राप्त भएको छ । माघ ६ गतेबाट सुरु भएको अभियानमा अहिलेसम्म कूल ४७ जना महानुभावले सहयोग गर्नु भएको छ । हाल सम्म कूल १,२४,१९७ आर्थिक सहयोग प्राप्त भएको छ ।
उनको उपचारको लागि माघ– ७ गते १५ हजार ५ सय रुपैयाँ ,माघ– ८ गते ५३ हजार ६ सय ३१ रुपैयाँ,माघ –९ गते २० हजार ५ पाँच रुपैयाँ,माघ १० गते – १२ हजार २ सय ५१ रुपैयाँ,माघ –११ गते १ हजार रुपैयाँ,माघ –१२ गते १४ हजार ८ सय १५ र ५ सय रुपैयाँमा प्राप्त भएको थियो । बिरामी राजन नेपालीकी श्रीमती विष्णुमाया नेपालीका अनुसार सहयोग आउने क्रम जारी छ
जुम्ला दर्पण । १५ माघ २०७९, आईतवार २२:१९