अम्मराज शाही : सहिदका छाेरा, जनताका सेवक

डिल्ली कामी,जुम्ला
वि.स.२०५२ सालमा जनयुद्ध सुरू भयाे । जनयुद्ध दस वर्षसम्म चल्याे । उक्त जनयुद्वमा १७ हजारले ज्यान गुमाए । कैयौं बेपत्ता भए । हजाराै अंगभंग भए । कतिकाे सिउँदाे पुछियाे । यतिमात्र हाेइन कति त अहिलेसम्म पनि बेपत्ता छन् ।

 

      कतिपय अभिभावक विहीन भए । जनयुद्धमा अभिभावक गुमाउने मध्येका एक हुन्, जुम्ला हिमा-५ का अम्मराज शाही (अम्मरजंग) ।जनयुद्ध सुरू हुँदा अम्मराज जम्मा पाँच वर्षका थिए । उनका बुवा जनयुद्धमा पूर्णकालीन हुँदा सात वर्षका । शाहीका बुवा वीरजित शाही (साहसी) वि.स.२०५४ मा पूर्णकालीन भएका हुन् ।

          जनयुद्धकै क्रममा साहसीले सहादत प्राप्त गरे । उनका बुवा मात्रै हाेइन दिदीसमेत जनयुद्धमा सामेल भइन् । अम्मराजकी दिदी कविता शाही (अञ्जु)ले पनि वि.स.२०६० मा ज्यान गुमाएकी थिइन् । अम्मराजकाे जन्म वि.स.२०४७ सालमा भएकाे थियाे ।

            उनी बुवा वीरजित शाही (साहसी) र आमा रूगुुबिना शाहीका सुपुत्र हुन् । साविक कालिकाखेतु गाविस ६ हाल हिमा- ५ का स्थायी बासिन्दा हुन् ।


उनी जनयुद्धकालीन पृष्ठभूमिमा हुर्के बढे । उनीपनि स्कुल तहदेखि नै माओवादीसँग नजिकिए । ११ वर्षकाे उमेरदेखि संगठनमा सक्रिय भएका हुन् ।

               उनकाे राजनीतिक जीवन विद्यार्थी राजनीतिबाट सुरू भएकाे हाे । शाही वि.स. २०५८ मा कालिका मा.बि तलिकुडु अन्तर्गत अखिल (क्रान्तिकारी)मुल इकाई समितिका सचिवबाट सुरू भएकाे हाे ।

         वि.स. २०५९ मा कालिका मा.वि. अखिल (क्रान्तिकारी) मुल इकाई समिति अध्यक्ष भए । वि.स.२०६० मा इलाका न.६ अखिल (क्रान्तिकारी) सचिव भएका थिए । वि.स. २०६४ मा अखिल (अखिल क्रान्तिकारी) जिल्ला समिति सदस्य,अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष हुदैँ केन्द्रीय सदस्य,केन्द्रीय सचिव निर्वाचित हुँदै अखिल (क्रान्तिकारी)२२ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

        हाल उनी अखिल (क्रान्तिकारी) मा केन्द्रीय उपाध्यक्ष छन् । यस्तै शाही पार्टी राजनीतिमा समेत सक्रिय भए । एक कार्यकाल नेकपा ( माओवादी केन्द्र) जिल्ला समिति सदस्य भए । नेकपा हुँदा जिल्ला समिति सचिवालय सदस्य भएका थिए ।

        नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश समिति सदस्य तथा हिमा गापा पार्टी इन्चार्ज हुन् । वि.स.२०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्षका उम्मेदवार भएका थिए । तर,पराजित भए ।

       निर्वाचनमा पराजित भएपनि उनी जनताका सेवकका रूपमा परिचित छन् । उनी हिमाकाे विकासमा अहाेरात्र खटिएका छन् । उनकाे अगुवाइमा विभिन्न राम्रा काम भएका छन् ।
शाहीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।