पहिराेमा पुरिएर मृत्यु भएका खेलाडीकाे सम्झनामा जुम्लामा दीप प्रज्वलन

जुम्ला : भारी वर्षाको कारण आएको पहिरोमा पुरिएर गत १२ असोजमा मृत्युु भएका ६ खेलाडीकाे सम्झनामा जुम्लामा दीप प्रज्वलन गरिएकाे छ । जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा पहिरोमा पुरिएर गत १२ असोजमा मृत्युु भएका ६ खेलाडीकाे सम्झनामा जुम्लामा दीप प्रज्वलन गरिएकाे हाे ।

असाेज ११ र १२ गते अविरल वर्षाका कारण मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिका वडा नम्बर ३ स्थित बात्सल्य देवी माविकाे प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जादै गर्दा मृत्यु भएकाहरूकाे सम्झनामा कृष्ण मन्दिर अगाडि दीप प्रज्वलन गरिएकाे संघले जनाएकाे छ ।

उक्त पहिराेमा परी आदित्य बलम्पाकी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको मृत्यु भएको थियो।

पहिरोमा पुरिएर मृत्यु भएका एन्फा बात्सल्यदेवी एकेडेमीका ६ खेलाडीहरूको परिवारलाई आठ–आठ लाख रुपैयाँ राहत प्रदान गर्ने एन्फाले जनाएकाे छ ।