जुम्लाकाे तातोपानी गाउँपालिकामा बालकेन्द्रित बजेट विश्लेषण सम्बन्धि कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ।बालबालिकामा लगानी: सुनिश्चित भविष्यकाे थालनी भन्ने नाराका साथ कार्यशाला गाेष्ठी सम्पन्न भएकाे हाे । किर्डाक नेपाल अन्तर्गत बाल अधिकार शासन तथा बाल संरक्षण परियोजनाका संयोजक प्रकाश शाहीका अनुसार तातोपानीमा आगामी दिनमा बालमैत्री बजेट कसरी विनियोजन गनर्न सकिन्छ भन्ने उद्देश्यले गाेष्ठीकाे आयाेजना गरिएकाे हाे । साे अवसरमा २०७७ सालदेखि हालसम्म तातोपानी गाउँपालिकामा बालबालिकाका क्षेत्रमा भएकाे लगानीलाई पुनरावलोकन गरिएको छ।
`बालबालिकामा लगानी गर्नु नै मानव पुँजीमा लगानी गर्नु हाे। बालअधिकार सम्बन्धि महासन्धिलाई नेपालले २९ भदाै २०४७ मा अनुमाेदन गरेकाे थियाे। तिनै तहका सरकारले हरेक तहका बालबालिकाका लगानी गर्नुपर्छ, याे बालबालिकाकाे अधिकारकाे हिसाबले पनि महत्त्वपूर्ण छ, तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले भनिन् ।
खासगरी सबैको पहुँच हुने गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पोषण, शुद्ध खानेपानी तथा सरसफाई, हिंसा दुव्र्यवहार शोषण हुनबाट संरक्षण, परिवार विहीनहरूको उचित संरक्षण आदिमा लगानी भनेको देशको मानव पुँजीमा लगानी गनर्नु भएकाे उनले बताइन् ।
बालबालिकाकाे समग्र वृद्वि, विकास र उन्नतिका लागि नीति, बजेट, कार्यान्वयन र उपलब्धिलाई क्रमबद्ध रुपमा जाेड्नुपर्नुमा जाेड दिइएको छ।
तातोपानीमा सेभ द चिल्ड्रेन र किर्डाक नेपालले संयुक्त रुपमा सहयात्रा तेस्राे परियाेजना मार्फत बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागीताका सवालमा काम भइरहेकाे छ।
डिल्ली कामी । ६ मंसिर २०८१, बिहीबार ०७:२८