कार्यकर्ता र नेतालाई नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाको भावुक पत्र

आदणीय नेता ज्यूहरू जय नेपाल
जुम्लाका दिन दुःखीको सेवा गर्दै मृत्तक परिवारहरूलाई समवेदना दिदै र सगंठन वृद्धिका लागि गाउँघर, प्रहरी प्रशासन र अस्पताल धाउदै अहिलेसम्म सञ्चै छु । हजुरहरूको स्वास्थ्य सन्चो रहोस ल्वागीका घर धाउदै आउनु भएको खलो सकुशल प्राप्त होस् भनी भगवान् चन्दननाथ भैरवनाथ र शान्तिका प्रतिमूर्ति भगवान गौतम बुद्धसँगं प्रार्थना गर्दछु ।

गाउँघरका कागेंसीजन मित्रहरूले तपाईंहरूको दर्शन नपाउँदा अत्यन्त न्यास्रो मानेर मणी हराएको सर्प जस्तो भएर बसेका छन् भने दैनिक कार्यकर्ताका दुःख पिडामा साथदिने तपाईहरूको अनुपस्थितीले जिल्ला नै शोकमा परि भावविह्वल भएको छ । हुन त हाम्रो राष्ट्रियता लोकतन्त्र र समाजवादको मुल मन्त्र बोकेको प्रजातान्त्रिक पार्टीले केन्द्रका ठुला नेताहरूको घर आँगनमा हप्तै पिच्छे जय नेपाल ठोक्ने, जुम्ली मार्सी, जुम्ली सिमी ९ घरका लालाबालाले खान पाएका छन् कि छैनन् ।

सर्वमान्य नेता ज्यूहरूलाई चखाउने गणेश प्रवृत्ति नभए ठुला नेताले नचिन्ने,ठुला नेताले नचिने माननीय, मन्त्री बन्ने सपना साकार नहुने भएकै कारण गाउँघरमा बसेर सगंठनका लागि मरिहत्ते गर्नेको मुल्यांकन नभएकै कारण होला । बर्षौसम्म दःुख पिडा भोग्दै राजधानीमा बस्नु भएकै छ । तर, गाउँमा बस्ने काग्रेंसीजनहरू तपाईहरूको सम्झनामा रोइरहेका छन् ।

शीर्ष भनाउदा नेताहरूलाई धिक्कारी रहेका छन् । कार्यकर्ता माझ बस्ने सगंठन बिस्तारमा अहारोत्र खटिनेको मुल्यांकन कहाँ छ र ? राजधानीमा बस्ने दाजुभाउजुको नाता जोड्ने बिहानको चिया कहिले नछाड्ने र दाजु र भाउजू नै भगवान शिब पार्वतीको अर्को जन्म हो, तपाई बिना मेरो को नै छ र १ भनी ललाई फकाई राख्नेहरू नै ठुला नेताका मुल ढोकाको ढोके हुने चरम रूपमा रहेकै छ । तपाई शीर्ष नेताहरूले घरको सम्पत्ति त सजिलै दिने कुरा भएन तर पार्टीको टिकट र पद चुट्कीका भरमा दिने पद्धति कै कारण जिल्लामा नेताहरू बस्न रूचाउदैनन् ।
यसैले पार्टी बचाउन कै लागि पनि मुल्यांकन गर्न जरुरी छ भन्ने लाग्छ । सघं र प्रदेशको चुनाव मुखमा छ, तर जिल्लामा बस्ने नेतापनि काठमाडौं छन्, टुरिष्ट नेताहरूको त कुरै के गरौं । जिल्ला जिल्लाका शीर्र्ष नेता ज्यूहरू सबै काठमाडौं झुम्मिएका छन्, लाखौंलाख खर्च पनि गरि सके, कहाँको घर, कहाँको गडा पनि बेचेर सकाई सके कृपया गुटको नाममा झगडा, बिवाद नल्याउनुहोस्, गठबन्धनका नाममा अरू दललाई त सिट बाँडफाँड गर्न हामी तयार छौ भने आफ्नै भाई भरादारलाई किन चित्त बुझाउन सक्दैनौं ?

नेपाली काग्रेंस पार्टी छ र पो त कोही केन्द्रको सभापति, कोही प्रदेशको सभापति त कोही जिल्लाको सभापति छौ, सार्वजनिक कार्यक्रममा पनि दलगत हैसियत कै कारण आसनग्रहण अगाडि पाइन्छ, सर्वशक्तिमान रावण अहंकार र घमण्डले उनको आफ्नै भाई बिभिषणले साथ छोडेकै कारण रामबाट पराजित मात्र नभई मृत्युवरण गर्नु पर्यो ।

अरू सबैबाट जिति खानु भाई बहिनीबाट हारी खानु भन्ने जुम्ली उखान छ, हाम्रा पार्टी सभापति शेर बहादुर देउवा दाईले सबैलाई मिलाएर पक्कै पनि लिनु हुन्छ, छोड काठमाडौं फर्क घर, दशै मनाउन बालबच्चा, परिवार र गाउले कुरेर बसेका छन्, मंसिर ४ मा चुनाव छ काग्रेंसलाई जिताउनै छ साथीहरू, तपाईंहरूको स्वागतको लागि सदैव कुरेर बस्ने छु । अन्तस् मा तपाई सबै मित्रहरूलाई २०७९ सालको दशै, तिहार र छट पर्वको हार्दिक शुभकामना व्यक्त गर्दै कलम बन्द गर्ने अनुमति माग्छु ।
जय नेपाल
उही तपाईहरूको साथी कार्मा बुढा उपसभापति जुम्ला