जनस्वास्थ्य सेवा कार्यालय जुम्लाकाे वार्षिक समीक्षा

जुम्ला । जुम्लामा बालविवाह न्युनिकरण चुनाैतीपूर्ण बन्दै गएकाे छ । विभिन्न तथ्यांकले बालविवाह बढ्दै गएकाे देखिएकाे हाे । ठाेस नीति बजेट अभावले बालविवाह चुनाैतिपुर्ण देखि छ ।
जनस्वास्थ्य कार्यालयकाे तथ्यांक अनुसार २० वर्षमुनि गर्भजाँच गर्ने किशाेरीकाे तथ्यांक पनि सार्वजानिक गरेकाे छ । तथ्यांक अनुसार जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशाेरीकाे संख्या १७ प्रतिशत रहेकाे छ ।

जसमा गुठिचौर गाउँपालिमा ३३ प्रतिशत,पातारासी गाउँपालिका २४ प्रतिशत,तिला गाउँपालिकामा २२ प्रतिशत,ताताेपानी गाउँपालिकामा २० प्रतिशत किशाेरी २० वर्ष नपुग्दै विवाह गरेका छन् ।

भने कनकासुन्दारी गाउँपालिकामा २० प्रतिशत,हिमा गाउँपालिकामा १७ प्रतिशत,सिंजा गाउँपालिकामा १५ प्रतिशत र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशाेरी २० वर्ष नपुग्दै आमा बनेका छन् ।

त्यस्तै जनस्वास्थ्य कार्यालयकाे आव २०७७/०७८ काे तथ्यांक अनुसार जुम्लाका ८६० जना किशाेरी २० वर्ष नपुगि आमा बनेका थिए ।
चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका छन् । पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै गर्भवती अर्थात् आमा बनेका छन् ।स्वास्थ्य क्षेत्र: नीतिमा प्रथामिकता,बजेटमा उपेक्षा
सरकारले स्वास्थ्य क्षेत्रलाई नीतिमा प्रथामिकता दिएपनि बजेटमा उपेक्षा गरेकाे छ । स्वास्थ्य सेवालाई अनिवार्य र नि:शुल्क हुने नीति ल्याएपनि बजेटमा प्रथामिकता नदिँदा कार्यान्वयनमा समस्या देखिएकाे हाे ।
स्वास्थ्य क्षेत्रमा कुल बजेट ४ प्रतिशत बजेट पनि मुस्किलले विनियाेजन हुने गरेकाे छ । जुन बजेटले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या छ ।
त्यस्तै क्यान्सर पिडित,मृगाैला पिडित लगायतका दिर्घ राेगीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भनिएपनि ठाेस नीति र बजेटकै अभावले कार्यान्वयन हुन सकेकाे छैन् । क्यान्सर पिडित,मृगाैला पिडित लगायत दिर्घ राेगीलाई निशुल्क उपचार गराउने पनि सरकारी नीति छ । तर पिडितहरु सहजै उपचार पाउनुकाे सट्टा आर्थिक अभावले सहयाेग माग्न भाैतारिन बाध्य छन् ।
साथै आधारभूत स्वास्थ्य सेवालाई अनिवार्य र नि:शुल्क समेत गरिएकाे छ । तर संघियता कार्यान्वयनकाे साताै वर्ष बितिसक्दा पनि आधारभूत अस्तापल निर्माण हुन सकेका छैनन् । जसका कारण आधारभूत स्वास्थ्य सेवाकाे पहुँच अपेक्षित रुपमा बृद्दि हुन सकेकाे छैन् ।
आधारभूत स्वास्थ्य सेवाकाे पहुँच बृद्दि गर्नका लागि नीति संगै सरकारले बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिनु पर्नेमा जाेड दिईएकाे छ ।
जनस्वास्थ्य कार्यालयद्दारा आयाेजित पत्रकारहरुलाई अभिममुखीकरण कार्यक्रम प्रस्तुतीकरण दिदैँ स्वास्थ्य सहायक सुरेश पन्तले स्वास्थ्य क्षेत्रमा वित्तिय दायरा बढाउन नसक्दा समस्या भएकाे बताए ।
उनले भने,’आधारभूत स्वास्थ्य सेवाकाे पहुँच बृद्दि गर्नु जरुरी छ । तर स्वास्थ्य क्षेत्रमा वर्षनि बजेट अभाव छ ।।नीतिमा प्रथामिकता दिएपनि बजेटमा उपेक्षा गर्दा समस्या छ । कूल बजेटकाे ४ प्रतिशत पनि बजेट मुस्किलले विनियाेजन हुन्छ । स्वास्थ्यमा हुने महंगाे खर्चका कारण दुर्गमका नागरिक अझै अपेक्षित नागरिक स्वास्थ्य सेवाकाे पहुँचमा पुग्न सकेका,छैनन् । यसमा तीनै तहका सरकारले जाेड दिन आबश्क छ ।’
स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा वित्तिय व्यस्थापनमा सरकारले ध्यान दिन दिनु पर्ने जरुरी देखिएकाे छ ।
आगामी वर्षमा स्वास्थ्यकाे वित्तिय दायरा बढाउनु पर्ने,गुणस्तरीय स्वास्थ्य सेवामा समतामुलक पहुँच बृद्दि,स्वास्थ्य बीमाकाे समायनुकुल परिमार्जन गर्नु,जनशशक्तिकाे उत्पादन र उपभाेग लगायतका स्वास्थ्य नीति र लगानी बढाउन जरुरी छ ।
त्यस्तै स्वास्थ्य कार्यालयका सिअनमी निरिक्षक माेर्चा शाहीले दिएकाे जानकारी अनुसार स्वास्थ्य कार्यालय द्दारा संचालित गर्भवती तथा सुत्केरी आवास गृहमा जुम्ला र मुगुका विपन्न १० जना महिलाले सेवा लिएका छन् ।
कार्यक्रममा सहभागी पत्रकारहरुले स्वास्थ्य सेवा विस्तार तथा नागरिककलाई गुणस्तरीय तथा आधारभूत सेवाकाे पहुँचमा पुराउन सूचना सन्देश प्रचार प्रशारमा जाेड दिनु पर्न सुझाव दिएका छन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले विगतकाे तुलनामा जुम्लाकाे हरेक क्षेत्रकाे स्वास्थ्य सूचक सुधार हुँदै गएकाे बताए ।
स्वास्थ्यसंग सम्बन्धित वस्तुगत विवरण
जुम्लाका आठ पालिकामा प्रथामिक स्वास्थ्य केन्द्र १२ वटा,स्वास्थ्य चाैकी २९,सामुदायिक स्वास्थ्य ईकाई १२ वटा,शहरी स्वास्थ्य केन्द्र १ वटा रहेका छन् ।
त्यस्तै राष्टि्य जनगणना २०७८ काे नतिजाअनुसार जुम्लाकाे कुल जनसंख्या १ लाख १८ हजार ६४ रहेकाे छ ।
जसमा १ वर्ष मुनिको जनसंख्या २३०९,२ वर्ष मुनिको जनसंख्या -४५५०,५ वर्ष मुनिको जनसंख्या – १०१११ अनुमानित जिवित जन्म २३७४ अनुमानित गर्भवती महिला ३७०९ रहेकाे छ । भने,प्रजनन् उमेरका महिला (१५-४९) उमेर समुहका महिला जुम्ला ३४१९० रहेका छन् ।
विगतकाे तुलनाकाे खाेपकाे पहुँच जुम्लाका उल्लेखीय रुपमा बृद्दि भएकाे छ ।