मनकारी बुढा : गरिब तथा जेहेन्दार विद्यार्थीलाई नि:शुल्क पोशाक प्रदान

रामप्रकाश विक,जुम्ला
जिल्लाकाे गुठीचौर-३ का हस्त बहादुर बुढाले ४० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक बितरण गरेका छा् । उनले व्यक्तिगत लगानीमा आधारभुत विधालय कुडिका लागि प्रयोग हुने पोशाक वितरण गरेका हुन् । गुठीचौर- २ क्षेत्रभित्रका स्थायी ठेगाना भएका १ देखि ५ कक्षासम्म अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाकमा सहयोग पुर्याउने उद्देश्यका साथ बुढाले ४० जनालाई राहत स्वरुप वितरण गरिएकाे हाे ।

गुठीचौर गाउँपालिका वडा नम्बर २ का आधारभुत विद्यालय कुडीमा वितरण गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक परे बहादुर रावलले जानकारी दिए ।उनले आधारभूत विद्यालय कुडिमा सहयोगी दाता पाएकोमा खुशी व्यक्त गरे । उनले भने,`अहिलेको अवस्थामा यस्ता सहयोगी दाताको पाउनु राम्रो काम भएको छ । उहाँको उत्तर-उत्तर प्रगतिको कामना छ । आगामी दिनमा पनि सहयाेगकाे अपेक्षा छ ।´

‘विधालयमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित वितरण गरिएको हो। यसले गर्दा उहाँहरूको पोशाक किन्ने पैसा पढाइमा टेवा पुग्ने विश्वास लिएको डोल्पा जिल्ला सिचाइ कार्यालयमा कार्यरत लेखा अधिकृत तथा राष्टिय कर्मचारि सङ्गठन निजामतीका केन्द्रीय सचिवालय सदस्य हस्त बहादुर बुढाले बताए ।
पोशाक प्राप्त गर्नेमा आधारभुत तहमा अध्ययनरत विद्यार्थी छन् । शिक्षामा परिवर्तन गर्न कक्षा १ देखि ५ सम्मका ४० जना छात्रा-छात्रहरुलाइ शैक्षिक सत्र २०८१ तथा नयाँ बर्षको उपलक्ष्यमा आफ्नो १ महिनाको तलब भत्ताबाट पोशाक बितरण गरेका हुन् ।

यो भन्दा अगाडि गुठीचौर गाउँपालिका वडा-३ को शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयका गर्याङ्गकोटका २० जना र देराली आधारभुत विद्यालय दामदासेमा बालबालिकालाई खेलाउन, साउन सिस्टम, कुर्सी, कार्पेट र मादल लगाएका सामाग्री दिएको थियोे ।

पोशाक पाउदा आधारभुत विद्यालय कुडिका विद्यार्थी खुशी भएका छन् । यसरी सहयोग गर्ने मनकारी व्यक्ति यो जमानामा भेटाउन धेरै गार्‍हो छ । तर समाज बदल्नु छ, भने सुरुवात आफैबाट गर्नु आवश्यकता हुन्छ ।