सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सहमति दिने मन्त्रीपरिषद्काे निर्णय

जुम्ला : सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सहमति दिने ऐतिहासिक निर्णय गरेको छ । बिहीबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई शैद्धान्तिक सहमति दिने ऐतिहासिक निर्णय गरेको हाे ।

लामाे समयकाे अथक प्रयासपछि ऐतिहासिक निर्णय भएकाे सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितका लागि पहल समितिका संयाेजक नरेश भण्डारीले बताए । उनका अनुसार पहल समितिले लामाे समयदेखि विधेयक दर्ताका लागि पहल गरिएकाे थियाे ।

उनले मन्त्रीपरिषदबाट भएकाे निर्णय ऐेतिहासिक र नयाँ सपना र संकल्पकाे निरन्तरता भएकाे संज्ञा दिए । उनले भनेका छन् ,`निर्णयका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), गृहमन्त्री रवि लामिछाने, उर्जा मन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री हितबहादुर तामाङ, संचार मन्त्री रेखा शर्मा तथा सिंगो मन्त्री परिषदलाई धन्यवाद ।´

संयाेजक भण्डारीले पहल समिति र सदस्यहरु निर्णय प्रक्रियामा योगदान गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । विधेयक पारितका लागि २०८० चैत महिनामा भण्डारीकाे संयाेजकत्वमा २३ सदस्यीय पहल समिति गठन गरिएकाे थियाे ।
यसअघि याे विधेयक कर्णाली प्रदेश सभामा दर्ता गरिएकाे थियाे । विधेयक तत्कालीन प्रदेश सभा सदस्य नरेश भण्डारीले दर्ता गरेका थिए । तर, उक्त विधेयक प्रदेश सभामा पारित हुन सकेन ।

प्रदेश सभामा गैरसरकारी विधेयककारूपमा दतर्ता गरिएपनि असफल भएपनि भण्डारीले संघीय सरकारसँग पटकपटक पहल गरिरहेका थिए । पारितकै लागि सरकारलाई दबाब दिन सवर्वपक्षीय पहल समिति गठन गरिएकाे थियाे ।

पूर्व सांसद भण्डारीले २०६४ सालमा जुम्लाबाट पहिलो संविधानसभा सदस्य हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक २०६८ मा तत्कालीन समय दर्ता गराएर ऐनमार्फत् कर्णाली प्रतिष्ठानको स्थापना भएको थियो । याे विधेयकलाई अब कार्यान्वयनकाे चरणमा लैजाने उनले बताए ।