लामाचौर पाटनमा चट्याङ लागेर मरे १५ वटा भेडा

जुम्ला : जिल्लाकाेे तातोपानी गाउँपालिका वडा नं. ४ स्थित लामा चौर पाटनमा चट्याङ पर्दा १५ वटा भेडा परेका छन् । लामाचौर पाटनमा हिडाउँदै गरेको अवस्थामा भेडाको बथानमा एक्कासी चट्याङ पर्दा १५ वटा भेडा मरेका हुन् ।

चट्याङले तातोपानी ४ का किसानका १५ वटा भेडा परेको तातोपानी गाउँपालिका वडा नं. ४ का अध्यक्ष अमर बहादुर रोकायाले बताए ।

खाली पाटनबाट फूलचौल्या तर्फ ल्याउँदै गरेको अबस्थामा दिउँसो करिब ३ बजेर ४७ मिनेटमा लामाचौर पाटनमा चट्याङ पर्दा गिडिखोला गाउँका भेडापालक किसानका १५ भेडा मरेको वडाध्यक्ष रोकायाले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भने भएको छैन् ।
चट्याङले गरेको क्षतिको एकिन विवरण भने आउन बाँकी छ