विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियोले बाल विवाहविरुद्ध सन्देशमुलक देउडा प्रतियोगिता गदै

रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडिया नारी आवाज र रेडियो खुला आकास जुम्ला एक ठाउँमा आएर विश्व रेडियो दिवस मनाउन लागेका हुन।

जुम्लाका सामुदायिक रेडियोहरु १३ औं विश्व रेडियो दिवस मनाउन एक ठाउँमा आएका छन्। दिवस मनाउने क्रममा कुरितीविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका हुन।

फागुन २ गते विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियोले बाल विवाहविरुद्ध सन्देशमुलक देउडा लागुऔषध दुव्र्यसनि तथा रोकथामका विषयक दोहोरी प्रतियोगिता, जेष्ठ नागरिकलाई सम्मान र निजामति कर्मचारी तथा पत्रकारहरुका बीचमा मैत्रीपूर्ण फुटबलको आयोजना गरेका छन्।

बाल विवाह र लागुऔषधका विरुद्धमा गीतका माध्यमबाट सन्देशमुलक देउडा र दोहोरी प्रतियोगिताको आयोजना गरिएको रेडियो कर्णाली जुम्लाका स्टेशन म्यानेजर गोर्खबहादुर थापाले बताए।

उनका अनुसार देउडामा २० वटा समूह र दोहोरीमा ६ वटा समूहको सहभागिता रहेको छ। माघ २८ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २ गते दिवसका अवसरमा समापन गरिनेछ।

प्रतियोगिताको पहिलो दिन १० वटा समूहका बिच देउडा भएकोमा ५ वटा समूह विजयी भएका छन्। जुनतारा आमा समूह र देउती आमा समूहका बीच भएको प्रतियोगितामा देउती आमा समूह विजेता भएको छ।

यस्तै तलिउम देउडा समूह र सुरक्षित आमा समूहका बिच भएको प्रतिस्पर्धामा सुरक्षित आमा समूह विजेता भएको छ। यसैगरी, दुनेला आमा समूह र पञ्च देवल देउडा समूहका बिच भएको प्रतियोगितामा पञ्च देवल देउडा समूह विजेता भएको छ। भगवति आमा समूह र ढाँणथपाला पुरुष देउडा समूहका बिच प्रतिस्पर्धा भएकोमा भगवति आमा समूह विजेता भएको छ।

परिवर्तन आमा समूह र सहिद गेट देउडा समूहका बीच भएको प्रतियोगितामा शहिद गेट देउडा समूह विजेता भएको छ।