कोहलपुर : राष्ट्रिय दलित पत्रकार संघ,नेपाल बाँके शाखाका अध्यक्ष कविन्द्र परियारले बुवाको नाममा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । संघको दोस्रो साधारण सभा तथा विशेष अधिवेशनको अवसरमा पत्रकार परियारले आफ्ना स्वर्गीय बुवा मोतीलाल परियारको सम्झनामा पुरस्कार घोषणा गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघ,नेपाल बाँके शाखाले हरेक वर्ष वितरण गर्ने उक्त पुरस्कारको नाम ‘स्व. मोतीलाल स्मृति पत्रकारिता पुरस्कार’ रहेको छ । अधिवेशनको क्रममा पुरस्कार घोषणा गर्दै अध्यक्ष परियार पुरस्कार राखि नगद् पाँच हजार रहने बताए ।
उनका अनुसार बाँके जिल्लामा क्रियाशील रुपमा पत्रकारिता गर्ने एक जना दलित समुदायका पत्रकारलाई सम्मान गरिनेछ । विशेष गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
पत्रकार परियारका बुवाको गतवर्ष घाँटीको क्यान्सरका कारण निधन भएको थियो । बाँके जिल्लामा १८ वर्षदेखि पत्रकारितामा क्रियाशील परियारले बुवाको सम्झनामा मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए ।
यस्तै उक्त अवसरमा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य कुसल दलामीले ‘सहिद विदुर स्मृति पत्रकारिता पुरस्कार’ को पनि घोषणा गरेका छन् । आदर्श आवाज मिडिया प्रा.लि.ले हरेक वर्ष घाइते,शसक्त तथा वेपक्ता र द्धन्द्धपीडित परिवारको पक्षमा समाचार लेख्ने एक जना पत्रकारलाई पुरस्कृत गर्ने दलामीले जानकारी दिए । उनका अनुसार पुरस्कारको राशी पाँच हजारको हुनेछ ।
जुम्ला दर्पण । १२ जेष्ठ २०८१, शनिबार १८:३१