जुम्ला : जिल्लाकाे हिमा गाउँपालिकाकाे प्रशासनिक भवन शिलान्यास गरिएकाे छ । शुक्रबार हिमा गाउँपालिकाकाे बाँजागाडमा प्रशासनिक भवनकाे धार्मिक विधि अनुसार शिलान्यास गरिएकाे हाे । उक्त प्रशासनिक भवन हिमा -५ बाँजागाडमा निर्माण हुनेछ ।
प्रशासनिक भवन ३९ सय वर्गमिटरमा फैलिएकाे छ । उक्त जग्गा हिमा-५ का चार जना स्थानीयले दान गरेका हुन् । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीय कर्णबहादुर शाही, मुनबहादुर शाही र दान बहादुर शाहीले ३१ सय वर्गमिटर जग्गा दान गरेकाे बताए । उनीहरू एकै घरका दाजुभाइ हुन् ।
उनका अनुसार हिमा-५ कै स्थानीय दलविर शाहीले ८ सय वर्गमिटर जग्गा दान गरेका हुन् । `लामाे समयकाे प्रयासपछि प्रशासनिक भवन शिलान्यास भएकाे छ । भवन निर्माण गर्ने जग्गा यहाँका स्थानीयले नि:शुल्क प्रदान गरेका हुन् , ´उनले भने ।
प्रशासनिक भवन निमर्माण हुने जग्गा हिमा गाउँपालिकाकाे नाममा पास भईसकेकाे छ । अध्यक्ष शाहीले जग्गा प्रदान गर्ने स्थानीयले गाउँपालिकाे नाममा लालपुर्जा दिएकाे र जग्गा पास भइसकेकाे जानकारी दिए ।
हिमा गाउँपालिकाकाे प्रशासनिक कायर्य अहिलेपनि भाडाकाे घरमा सञ्चालन हुँदै आएकाे छ । प्रशासनिक भवनकाे निर्माणकाे लागि संघीय सरकारले सहयाेग गरेकाे छ । यसकाे कुल लागत दस कराेड रहेकाे गाउँपालिकाले जनाएकाे छ ।
जुम्ला दर्पण । २८ असार २०८१, शुक्रबार १५:५६