डिल्ली अन्जान
जुम्लाकाे प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नदैडाबमा इतिहासमै पहिलाे पटक सरकारी टाेली पुगेको छ। तातोपानी गाउँपालिका ८ स्थित नदैडाबकाे अवलोकन, प्रचारप्रसार र निर्माणाधीन धर्मशालाकाे अनुगमनकाे सिलसिलामा तातोपानीकाे सरकारी टाेलि पुगेकाे हाे । तातोपानी ८ काे टाेप्ला, इमिल्चा, बाँझुचाैर र धर्मशाला हुँदै नदैडाब ताल पुगेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताएका छन्।
तातोपानी गाउँपालिकाकाे चालू आर्थिक वर्षकाे १० लाख बजेटमा नदैडाबमा धर्मशाला निर्माण भइरहेकाे अध्यक्ष चाैंलागाइले बताएका छन्। मनमाेहक नदैडाब ताल, बुकियुक्त घाँसे मैदानकाे पाटन, भेडिगाेठ र नदैदेवि (भगवती) काे उत्पति स्थल याे ठाउँका आकर्षणका केन्द्र रहेकाे अध्यक्ष चाैंलागाइले जानकारी दिएका छन्। पर्यापर्यटन र धार्मिक पर्यटनलाई समानान्तर रुपमा अघि बढाउन पालिकाकाे टिम पहिलो पटक नदैडाबमा पुगेकाे अध्यक्ष चाैंलागाईकाे भनाइ छ ।
नदै डाबमा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाइ, प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायत, राजनीतिज्ञ आदि प्रसाद न्याैपाने, तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्का, तातोपानी ७ का वडा अध्यक्ष तिलक रावत, तातोपानी ८ का वडा अध्यक्ष नर बहादुर रावत, अन्य कर्मचारी, स्थानीय, पत्रकार सहित ५० जनाकाे टाेली नदैडाबमा पुगेकाे प्रमुख प्रशासकीय अधिकृत तीर्ग कठायतले बताए ।
तातोपानी गाउँपालिकाबाट ५६ किलोमिटर काे माेटर यात्रा र २ किमि पैदल यात्रा पछि नदैडाब पुग्न सकिने प्रमुख प्रशासकीय अधिकृत कठायतले बताए। तिर्थालु र पर्यटका लागि नदैडाब (ताल) छेउमा धर्मशाला निर्माण भइरहेकाे उनले जानकारी दिए
श्रावण पुर्णिामाकाे समयमा रक्तभाेगि बाहेकका बलि नचढाउने देवि देवताकाे पुजाआजा र भारा नुहाउन नदैडाब (ताल) मा पुग्ने गरेकाे तातोपानी ८ का वडा अध्यक्ष नर बहादुर रावतले बताए । जाजरकोट जुम्ला जाेड्नका लागि सडक निर्माण भइरहेको छ, तर अहिले सम्म जाेडिन सकेकाे छैन। याे सडकले पुर्णता पाउनसके नदै डाब क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुइमत नरहेकाे राजनीतिज्ञ आदिप्रसाद न्याैपानेले बताए । संघ र प्रदेश सरकारले जुम्ला जाजरकोट लाई सडक सञ्जालमा जाेड्न तत्पर हुनुपर्ने उनकाे धारणा छ।
जुम्ला दर्पण । १८ जेष्ठ २०८१, शुक्रबार १९:२९