राष्ट्रिय युवा संघ नेपाल जुम्लामा विवाद : समानान्तर कमिटी गठन

जुम्ला : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जुम्लामा  भाडभैलाे मच्चिएकाे छ । मंगदबार एक पक्षले समानान्तर कमिटी गठन गरेपछि भाडभैलाे मच्चिएकाे हाे ।
असार १८ गते नेकपा एमाले जुम्ला सम्बद्व एक पक्षले सम्मेलन आयाेजक कमिटी गठन गरेपछि विवाद सतहमा आएकाे हाे । `राष्ट्रिय युवा संघ नेपाल सम्मेलन आयोजक कमिटी जुम्ला´ नाम दिइएकाे उक्त भेलाले २७ सदस्यीय आयाेजक कमिटी पुनगर्ठन गरेकाे छ । उक्त भेलाबाट ईश्वर महत संयोजक र राम बहादुर रावतलाई  सह-संयोजक ताेकिएकाे छ ।
तर यसअघि नै संघका केन्द्रीय सचिव शारदा पछाई र ईन्चार्ज हरिस राेकायाकाे उपस्थितिमा सम्मेलन आयाेजक कमिटी गठन गरिएकाे थियाे । उक्त किमिटीमा भने राजेन्द्र राेकाया संयाेजक, धर्मराज गिरी सह-संयाेजक र लाेकेन्द्र शाहीलाई सचिव ताेकिएकाे थियाे ।  यस्तै एक वर्ष पहिले गठन गरिएकाे जिल्ला कमिटीकाे संयाेजक कमल बुढ्थापा थिए । सचिव थिए- इश्वर महत ।

पहिलाका कमिटी पूर्णरूपमा निष्क्रिय भएपछि केन्द्रकाे निर्देशन अनुसार आयाेजक कमिटी गठन गरिएकाे संघकी केन्द्रीय सचिव शारदा पछाई बताउँछिन् ।
तर आधिकारिक कमिटी जिवित रहेकाे अवस्थामा गुटगत राजनीतिलाई प्रसय दिनेगरी समानान्तर कमिटी गठन गरिएकाे उनकाे आराेप छ । पछाई राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय सचिव हुन् । मंगलबार सम्पन्न भेलाबाट गठन गरिएकाे भनिएका कमिटी बारे आफूले सामाजिक सञ्जालबाट मात्रै थाहा पाएकाे उनकाे भनाइ छ ।
उनी भन्छिन्,` जिल्लाकाे कमिटी गठन गर्दा सचिवलाई जानकारी हुनुपर्ने हाेला नी ? ´ उक्त कमिटी अवैधानिक रहेकाे उनकाे भनाइ छ ।
यता,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला ईन्चार्ज हरिस राेकायाले नेकपा एमालेको पार्टी कार्यालय जुम्लामा  राष्ट्रिय युवा संघ नेपालको जिल्ला आयोजक कमिटी गठन नभएको बताएका छन् ।

        उनका अनुसार आयाेजक कमिटी गठनका सम्बन्धमा जिल्ला अध्यक्ष शान्तिलाल महतसँग यसअघि सकारात्मक कुराकानी भएकाे थियाे । अध्यक्ष महतले साेही अनुसार आयाेजक कमिटी गठन गर्न निर्देशन पनि दिनु भएकाे थियाे । अध्यक्ष महतकै निर्देशनमा संगठनलाई चलायमान गतिशील र नियमित केन्द्रको सर्कुलर बमोजिम काम गर्न सक्ने/संगठनलाई गति दिन सक्ने युवा युनिटसहित आयोजक कमिटी गठन गर्यौ।
सामाजिक सञ्जाल फेसबुकमा राेकायाले लेखेका छन्,`तर बिडम्बना आज पार्टी नेतृत्वले गुटबन्दीको खेती गर्नुभयो  केन्द्रको सर्कुलर बमोजिम काम नगर्ने/बर्षमा एउटा बैठक बसाल्न नसक्ने/संघको स्थापना दिवस नमनाउने/संघको अभियानलाई निरन्तरता दिन नसक्ने/संगठनका गतिविधिमा संलग्न नहुने/स्वयं आफ्ना पदाधिकारीलाई समेत नचिन्ने/निष्क्रिय र अकर्मण्यता र केन्द्रिय सचिव र इन्चार्जको निर्देशनको पालना नगर्ने त्यस्ता अराजक/अराजनीतिक झुण्डलाई पार्टी अध्यक्षले प्रसय दिनुभयो । ´

         पार्टी नेतृत्वले सांगठनिक गतिविधिमा कुनैपनि बेलाबखत संलग्न नभएका युवाहरु छापामार शैलीमा सडकबाट उठाउन लगाएर/आफ्ना गुटका नेता कार्यकर्ताका छोरा/भाइ भतिजा र अनेरास्ववियुका विद्यार्थीहरुलाई बोलाउन लगाएर समानान्तर कमिटीलाई प्रसव दिने कायर्यप्रति  निन्दा प्रकट गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष शान्तिलाल महत भने असार १८ गते गठन भएकाे कमिटी नै आधिकारिक भएकाे बताउँछन् छन् ।  उनले यसअघि संगठनका सचिव र इन्चार्जले पार्टीकाे कुनैपनि कमिटी उपस्थित नभइ हाेटलमा दुई-चार जना बसेर ताेकेकाे कमिटी आधिकारिक नहुने दाबी गरे । `हिजाेकाे कमिटी नै आधिकारिक हाे । सिंगाे पार्टी उपस्थित  भएर गठन गरिएकाे हाे । सचिव र इन्चार्ज त बाेलाउँदापनि नगएका हुन्,´ उनले भने
संघका इन्चार्ज हरिस राेकायाले आफूविरूद्व लगाएकाे आराेप राजनीति नजानेकाले दिएकाे अभिव्यक्ति भएकाे अध्यक्ष महतकाे भनाइ छ । राष्ट्रिय युवा संघ नेपाल जुम्लाकाे भदाैमा सम्मेलन  हुँदैछ ।