कांग्रेस-प्रतिष्ठानबीचकाे विवाद समाधान गर्न सर्वदलीय कार्यदल गठन

जुम्ला :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्रवाह गरिरहेकाे सेवा सुविधाका विषयमा नेपाली कांग्रेस जुम्लाले विषयमा समाधान गर्न कार्यदल गठन गरिएकाे छ ।

आइतबार मात्रै नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतकाे नेतृत्वमा नेविसंघ  र  नेपाल तरूण दल जुम्लाले २२ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

साेही विषयमा साेमबार जिल्ला समन्वय समिति जुम्लामा सर्वदलीय बैठक बसेकाे थियाे । उक्त बैठकले  नेपाली कांग्रेस र प्रतिष्ठानबीच देखा परेकाे विवाद समाधानका लागि ९ सदस्यीय सर्वदलीय कार्यदल गठन गरेकाे हाे ।

  जिसस प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिका प्रतिनिधि सम्मिलित  ९ सदस्सीय कायदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा नेपाली काँग्रेसको तर्फबाट उपसभापति दिपक शाही, नेकपा एमालेको तर्फबाट प्रदेश सदस्य भीमबहादुर थापा, माओवादी केन्द्रको तर्फबाट युवानेता मनोज बुढाथोकी र जसपाको तर्फबाट जिल्ला अध्यक्ष अमितकुमार शाही रहेका छन् ।

यस्तै गरी राप्रपाको तर्फबाट नेता मनसुर सुनार, एकिकृत समाजवादीबाट जिल्ला अध्यक्ष दयादत्त हमाल, नेकपाबाट विर्षबहादुर शाही सदस्यमा रहेका छन् ।

कार्यदलले प्रतिष्ठानमा उठेका विषय समाधान सात दिन गर्ने गरी निर्णय भएको र आगामी दिनमा आउने समस्या सर्वदलिय समन्त्रमा राखी साँझा धारणा बनाई अगाडी बढ्ने निर्णय भएको प्रमुख आचार्यले बताएका छन् ।