प्रेस चौतारी जुम्ला अध्यक्षमा मानदत्त रावल सर्वसम्मत

जुम्ला । पत्रकार मानदत्त रावलकाे नेतृत्वमा प्रेस चाैतारी नेपाल,जिल्ला शाखा जुम्लाकाे नयाँ कार्य समिति चयन भएकाे छ । जिल्लामा विहिबार सम्पन्न प्रेस चाैतारी जुम्लाकाे चाैथाे जिल्ला अधिवेशनबाट मानदत्त रावलकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएकाे हाे ।

अध्यक्षमा मानदत्त रावल दाेस्राे कार्यकालका लागि चुनिएका हुन् । यसअघि विशेष साधारण सभाबाट उनी अध्यक्ष भएपनि पूरा कार्यकालकाे अवधि पूरा भएकाे थिएन् । अधिवेशनकाे उद्घाटनशत्रपछि भएकाे बन्दशत्रले रावललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।

रावल नेतृत्वकाे १५ सदस्यीय नयाँ कार्यसमितिकाे उपाध्यक्ष (खुला)मा सपना रावत,उपाध्यक्ष(समावेशी) लक्ष्मी न्याैपाने चयन भएका छन् ।

भने सचिवमा पत्रकार काली बहादुर परियार,सह-सचिव (खुला)तर्फ दिपक बुढ्थापा,सह-सचिव(समावेशी) मा प्रभा भण्डारी निर्वाचित भएकी छन् । भने काेषाध्यक्षमा  महेश चाैलागाई चयन भएका छन् ।

अधिवेशनबाट हालसम्म हिमशिखर अनलाईनमा कार्यरत पत्रकार चाैलागाँई र रेडियाे नेपालमा कार्यरत कविता थापा  प्रेस चाैतारी आबद्ध भएकी छन् ।

चाैतारीमा जाेडिएका चाैलागाई र थापालाई अधिवेशनकाे उद्घाटन सत्रमा प्रमुख अतिथि एमाले जुम्लाका उपाध्यक्ष प्रेम बहादुर बुढाले स्वागत गरेका छन् ।

त्यस्तै कार्यसमितिकाे सदस्यमा सीता कुमाई, कविता थापा,प्रभा भण्डारी,स्यानु उपाध्याय,हिर बहादुर राेकाया, ललितजंग थापा,लाेकेशजंग कामी,बिन बहादुर रावत,नरेन्द्र राेकाया सदस्यमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ ग्रहण गरेका छन् । पाँचाै अधिवेशन सम्पन्न गर्न प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य कृष्ण बहादुर विक,कर्णाली प्रदेशका महासचिव प्रेमराज सिम्खडाकाे उपस्थिति रहेकाे थियाे ।

प्रदेश महासचिव प्रेमराज सिम्खडाले पत्रकारहरुकाे पेशागत हक र सुरक्षाका लागि प्रेस चाैतारीले अग्रणी भूमिका खेल्नु पर्ने बताए

त्यस्तै प्रेस चाैतारीका संरक्षक गाेर्ख बहादुर थापा,पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।