जुम्ला : यामराज कार्की (बैरागी बाबु) ले हास्यव्यग्य गाई जात्रा ल्याएका छन् । जमाक थेगाे बाेलेरसमेत आफ्नाे छुट्टै पहिचान बनाएका कार्कीले `बैरागी बाबुकाे हास्यव्यंग्य गाईजात्रा-२०८१ जुम्ला´ ल्याएका हुन् । उनले वि.स.२०६७ सालदेखि हरेक वर्ष जुम्लामा गाईजात्रा निकाल्ने दिन गाईजात्रा ल्याउने गरेका छन् ।
उनले जुम्लाका महत्त्वपूर्ण विषय उठानसँगै सावर्वजनिक पद धारण गरेका विभिन्न व्यक्तिहरूलाई सन्दर्भ बनाएर गाईजात्रा प्रस्तुत गर्ने गरेका छन् । यसपटक उनले केही राष्ट्रिय स्तरका नेता, जुम्लाका स्थानीय नेता तथा समाजमा रहेका विकृतिहरूलाई उजागार गरेका छन् ।
गाईजात्राका माध्यमबाट उनले शेर बहादुर देउवा, केपी शर्मा ओेली, पुष्कमल दाहाल प्रचण्ड र रवि लामिछानेसमेतलाई व्यंग्य गरेका छन् । देउवालाई पाँच पटके पीयम,ओेलीलाई उखाने नेता, रविलाई सहकारी मुद्दाले उत्तानो परेकाे र प्रचण्डलाई माओवादी मन पराउनेहरू बैरागी हुन थालेकाे भन्दै व्यंग्य गरेका हुन् ।
उनले राप्रपाका प्रमुख सचेतक तथा र जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र शाहीलाई व्यंग्य गर्दै भनेका छन्,` जुम्लाले राजतन्त्र ल्याउन पठाएकै हुन् भनेर नुन जस्ताे चर्काे भाषण ठाेक्या छु, के गर्ने अचेल आफूलाई राेक्या छु ।´
यस्तै उनकाे गाईजात्रामा जुम्लाका अन्य नेतालाई पनि तिखाे व्यंग्य गरिएकाे छ । ` केपी बा प्रधानमन्त्री म बले कार्यकर्ता राज्यमन्त्री,अघिल्लाे चाेटी आम्माे टिक्काे फुटालेकै हाे । अहिले के फुटाउने हाे थाहा छैन ।´
पुर्व राज्यमन्त्री बलबहादुर महतप्रति व्यंग्य रहेकाे छ । जसले पार्टीलाई गिरायाे । उसलाई पार्टीले छिरायाे । त्यसलाई मन्त्री बनाउन म एल जी शाहीलाई भिडायाे भन्दै उनकाे अनुनय प्रस्तुत गरिएकाे छ ।
जिल्लाका शिक्षक र शिक्षक नेतालाई उनकाे सूचना छ ,` सूचना,सूचना सूचना, जीवन र हरिकृष्णे खै कता हराए,जनता मावि स्कुलमा राताे बल्ल चडाए ।´
राजनीति छाेडेर भैंसी पालेकै छु, दूध बेचेर गाेजिमा पैसा हालेकाे छु भन्दै निवर्तमान प्रतिनिधि सभा सदस्य गजेन्द्र महतलाई उनले व्यंग्य गरेका छन् ।
उहिले मेरा दिन छिया र खिर खा भन्या खाइन ।
अहिले मेरा दिन गएर मईकाे पानी पाइन ।
भन्दै परिमल जुम्ली उर्फ रामकृष्ण बुढ्थापाप्रति व्यंग्य गरिएकाे छ ।
`खसान शब्द काेष उत्तानाे परेकाे छ । प्रकाशन हुन नपाई मुग्लान झरेकाे छ´भन्दै गीति शैलीकाे व्यंग्यकाे निशाना बनेका छन् , रमानन्द आचार्य ।
यस्तै उनले जुम्लाका जनप्रतिनिधिलाई समेत व्यंग्य गरेका छन्,गाईजात्रामार्फत । मेयरकाे चाबी उपमेयरकाे हातमा उपमेयरकाे कुटिराे मेयरकाे साथमा भन्दै चन्दननाथ नगरपालिका नगर प्रमुख राजुसिंह कठायत र उपप्रमुख रामदेवी खड्काप्रति व्यंग्यकाे चड्का हानेका छन् ।
ताताेपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईप्रतिकाे व्यंग्य झन तिखाे छ ।`तातोपानीकाे किस्सा छुट्टै छ । सबै शाखामा नातेदार भर्याछु । केही पाइन्छ कि भनेर चुन्या घर उत्तानो पड्याछु ।´
जुनदिन स्वास्थ्यकर्मी घर पठाइयाे त्यसकाे भाेली पल्ट नगर प्रहरी छिराइयाे । भन्दै राजुसिंह कठायतलाई निशाना बनाइएकाे छ । यस्तै जुम्लामा तीन जना महिला सांसद, कर्मचारी, जनतालाई समेत उनले व्यंग्य गरेका छन् ।

जुम्ला दर्पण । ६ भाद्र २०८१, बिहीबार ११:००