जुम्ला : जिल्लाकाे तिला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचकाे मतभेद सतहमा आएकाे छ। गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकाया र उपाध्यक्ष गाेरीकला बुढाले विभिन्न मिडियामा भाम्रक अन्तरवार्ता दिएकाे भन्दै तिलाका कर्मचारीहरूले प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।
साेमबार गाउँपालिकामा कार्यरत् ४१ जना कर्मचारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेपछि जनप्रतिनिधि र कमर्मचारीबीचकाे असमझदारी छताछुल्ल भएकाे हाे ।
उक्त विज्ञप्तिमा उपाध्यक्ष गाेरीकला बुढाकाे नामै ताेकेर `बिना पूष्टायाईको आधारमा भ्रामक अन्तरवार्ता´ दिएकाे उल्लेख गरिएकाे छ । विज्ञप्तिकाे चार नम्बर बुँदामा भनिएकाे छ,`
आव २०८०/०८१ मा यस गाउँपालिकाको ९० प्रतिशत बजेट फ्रिज गएको भनी कर्णाली क्रस मिडियामार्फत गाउँपालिकाको अभिभावक उपाध्यक्ष श्री गोरिकला बुढाज्यूले बिना पूष्टायाईको आधारमा भ्रामक अन्तरवार्ता दिनुभएकोमा छ ।´
तर गत आव २०८०/२०८१ मा यस तिला गाउँपालिकाको समग्र भौतिक प्रगति ९० प्रतिशत भन्दा माथि र वित्तीय प्रगति ८०.०१ प्रतिशत भएको जनाइएकाे छ ।
यस्तै २०८१ साल असोज ९ गते नयाँ कर्णाली र असोज १० गते कर्णाली क्रस मिडियामा प्रसारित यस तिला गाउँपालिकासँग सम्बन्धित भिडियो तथा अन्तरवार्ताहरु प्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको जनाइएकाे छ ।
अध्यक्ष र उपाध्यक्षले दिएकाे अन्तरवार्ता र प्रसारित भिडियोप्रति कमर्मचारीहरूले तीन बुँदे खण्डन समेत गरेका छन् ।
` २०८१ साल असोज ९ गतेका दिन तिला गाउँपालिका वडा नं ३ मा रहेको सरस्वती मावि कुडारीमा सञ्चालित हिरक जयन्तीको अवसरमा तिला गाउँपालिका र पातारासी गाउँपालिका बिच भलिवल फाइनल खेल तथा विद्यालय स्तर अन्य कार्यक्रमहरु आयोजना भएकोले सो कार्यक्रम व्यवस्थापनमा गाउँपालिका बाट समेत केही कर्मचारीहरु खटिनु भएको, केही प्राविधिक कर्मचारीहरु फिल्डमा जानु भएको र केही कर्मचारीहरु कार्यालयमा उपस्थित रहेको अवस्थामा नियोजित रुपले यथार्थ भन्दा भ्रामक समाचार सम्प्रेषण भएको जानकारी गरिन्छ ।´ विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
जनप्रतिनिधी र कर्मचारीहरुबीच सम्बन्ध सुमधुर नभएको समचार प्रसारित भएको हुनाले हामी कर्मचारी र जनप्रतिनिधीहरु बिचको सम्बन्ध सुमधुर जिकिर गरिएकाे छ । हरेक विकास निर्माणका कार्य, सुशासन प्रर्वधन, सेवा ग्राहीहरुलाई मुस्कान सहितको सेवा उपलब्ध गराउन ऐक्यवद्धता भई कार्य सम्पादन गर्दै आईरहेको र आवश्यक परेको खण्डमा नागरिक सन्तुष्टी सर्वेक्षण समेत गर्न सकिने भन्दै अध्यक्ष र उपाध्यक्षलाई चुनाैती दिइएकाे छ ।
यसैगरी, कार्यालयमा कर्मचारीहरु अनियमित हुने र कार्यालयमा हाजिर गर्ने समय दिउँसो १२:०० बजे, ३:०० बजे, ४:०० बजे जतिखेर पनी आउने जाने समय भन्ने अपूर्ण भनाईले हामी राष्ट्रसेवक कर्मचारीहरुको मनोबल गिराउन खोजिएको जनाइएकाे छ । कर्मचारीहरु नियमित रुपमा कार्यालयमा आउने जाने गरेको र कार्यालय नआउने दिनमा अग्रिम बिदा लिने गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा प्रतिक्रिया लिन पटकपटक फाेन गर्दा उपाध्यक्ष गाेरीकला बुढाले फाेन उठाइनन् ।
हेर्नुस् विज्ञप्ति
शुभाकर विश्वकर्मा । १४ आश्विन २०८१, सोमबार १९:५९