नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्ला बाट १० जना खेलाडीहरु छनोट

डिल्ली अन्जान

जुम्ला ः  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश टिममा जुम्ला बाट १० जना खेलाडीहरु छनोट भएका छन् । जसमा ३ जना पुरुष खेलाडी र ७ जना महिला खेलाडीहरु छनोट भएका हुन् ।

५ हजार मिटर दौड (पुरुष)मा प्रकाश कठायत प्रथम भए भने जुम्लाकै सेर बहादुर अधिकारी द्धितीय भएका छन् । त्यस्तै सुर्खेत की अजय बि.क.तृतीय भइन् । ५ हजार मिटर दौड (महिला)तर्फ पनि जुम्लाकी अन्तिमा बुढाले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

त्यस्तै १ सय मिटर दौड (महिला) तर्फ भने सुर्खेत बाट बिनु शाहीले प्रथम हासिल गरिन् भने जुम्ला बाट समिता बुढा द्धितीय भइन् । ४ सय मिटर दौड मा (पुरुष) तर्फ जुम्लाका अर्जुन बुढाले प्रथम स्थान हासिल गरे । ४ सय मिटर दौड (महिला) तर्फ जुम्लाकी निशा पाण्डे द्धितीय भइन् ।

सटफुट (पुरुष)मा भने जुम्लाका निरा शाहीले प्रथम स्थान हुन सफल भएको कर्णाली स्पोट कलब जुम्लाले जनाएको छ । त्रिपलजम्प (पुरुष) मा जुम्लाका हिमली शाही प्रथम भए । ८ सय मिटर दौड (महिला)कल्पना बुढा प्रथम, लम्जम (पुरुष) तर्फ निरा शाही द्धितीय भइन् ।