कार्तिक ५ गते भित्र हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाको आग्रह

जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले हातहतियार बुझाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासनले जिल्लामा इजाजत प्राप्त हातहतियारहरु पायक पर्ने नेपाल प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो ।

कार्यालयद्धारा जारी सूचनामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न कार्तिक ५ गते भित्र हतियार बुझाउन भनिएको छ ।

निर्धारित समय भित्र नबुझाइ अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिहरुको हातहतियार खोजतलास गरी कानून बमोजिम कानुनी कारबाही हुने सूचित गरिएको छ ।