जुम्ला : तातोपानी गाउँपालिका जुम्लाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ । आइतबार एक कार्यक्रमका बीच तातोपानी गाउँपालिकाकाे आयाेजनामा तातोपानी गाउँपालिका जुम्लाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ ।
आर्थिक वर्ष २०८०÷०८१ असार मसान्तसम्म चालु र पुँजीगत गरी कूल ८१ दशमलब १७ प्रतिशत खर्च गरेको हो ।जसमा कूल ५५ करोड ६१ लाख ७५ हजार ७५८ रुपैयाँ मध्य चालु र पुँजीगरी ४५ करोड १४ लाख ९० हजार ७१७ रुपैयाँ खर्च भएको छ ।
जसमा पुँजीगत तर्फ ३७ करोड ४२ लाख १९ हजार ७५८ रुपैयामध्य ३२ करोड २९ लाख ११ हजार ९०९ रुपैयाँ खर्च भएको तातोपानीको वार्षिक प्रगती विवरणमा उल्लेख छ ।
त्यस्तै चालु तर्फ १८ करोड १९ लाख ५६ हजार रुपैया विनियोजन गरेकामा १२ करोड ८५ लाख ७८ हजार ८०८ रुपैया खर्च भएको तातोपानी गाउँपालिकाका सूचना अधिकारी ओम बहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार तातोपानीले गत आर्थिक वर्षमा ७८.१ प्रतिशत बजेट खर्च भएको थियो । आर्थिक विकास ६६.७० प्रतिशत, सामाजिक विकासमा ६९.८१ प्रतिशत, पुर्वाधार विकासमा ७७.१ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६०. ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७९.४३ प्रतिशत खर्च भएको छ ।
तातोपानी गाउँपालिकाकाले जनअपेक्षा अनुसार काम गरिरहेकाे अध्यक्ष नन्दप्रसाद चाैलागाईंले गाउँपालिकाले बताए । उनका अनुसार समृद्ध तातोपानी बनाउने अभियानमा गाउँपालिका रहेकाे छ ।
यस्तै अख्तियार आतंकले राम्राे काम गर्न नसकिएकाे अध्यक्ष चाैलागाईंकाे भनाइ छ । जिल्ला समन्वय समिति जुम्लाका निवर्तमान उपप्रमुख कार्मा बुढाले तातोपानी गाउँपालिकाले राम्राे काम गरिरहेकाे बताए ।
उनका अनुसार तातोपानी सुशासन कायम गरेकाे छ । गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले समृद्ध गाउँपालिका निर्माणकाे अभियानमा लागेकाे बताइन् ।
जुम्ला दर्पण । ३१ असार २०८१, सोमबार २२:३०