जुम्ला : जिल्ला सदरमुकाम खलंगाकाे मुख्य बजार क्षेत्रकाे पीच उप्काइएकाे छ । दैनिक सयाै नागरिककाे आवतजावत हुने मुख्य बजार क्षेत्रकाे पीच उप्काइएकाे हाे । साेमबार विहानैदेखि मुख्य बजारकाे कृष्ण मन्दिर क्षेत्रकाे पक्की पीच उप्काइएकाे थियाे ।
मुख्य बजार क्षेत्रमा कृष्ण मन्दिरदेखि जिल्ला प्रशासन कार्यालय अगाडिसम्म उप्काइने निर्माण कम्पनी कविन्द्र निमार्ण सेवा प्रा.लि.ले जनाएकाे छ । प्राविधिक रामकृष्ण राेकायाका अनुसार पीच उप्काइएकाे क्षेत्रमा सिलेट बिछ्याइनेछ ।
उनले भने,` पहिलाे चरणमा पीच उप्काइएकाे छ । त्यसपछि साेलिङ गरिनेछ । त्यसमाथि पिसीसी हुनेछ । अनि ढलान हुनेछ । अन्तिममा सिलेट हाल्ने हाल्ने हाे । ´प्राविधिक राेकायाले १५ सेन्टीमिटर साेलिङ गरिने बताए ।
यस्तै १० सेन्टिमिटर पिसिसी हुनेछ । १० सेन्टिमिटर ढलान गरेर जुम्लाकै स्थानी ढुंगाकाे प्रयाेग गरे सिलेट बिछ्याइने उनले बताए । उक्त ढंगा मिचाबाट ल्याइनेछ । आगामी दशैसम्म सिलेट बिछ्याउने काम सम्पन्न हुने राेकायाकाे भनाइ छ ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास कार्य अन्तर्गत मुख्य बजार क्षेत्रमा सिलेट बिछ्याउने काम सुरू भएकाे हाे ।
साेही कायर्क्रम अन्तर्गत चन्दननाथ नगरपालिकामा कुल ४० कराेड ६२ लाख ४४ हजार १५ रूपैयाँ १९ पैसा लागतमा आधा दर्जन संरचना निर्माण भइरहेका छन् । यहीँ पैसामा चन्दननाथ-५ स्थित राझासिममा रंगशाला निर्माण भइरहेकाे छ ।
अब प्याराफिट मात्र बन्न बाँकी छ । वडा नम्बर ८ काे कार्यालय निर्माण अन्तिम चरणमा छ । चन्दननाथ नगरपालिका अगाडि व्यवसायिक भवन निर्माण सम्पन्न भइसकेकाे छ । वडा नम्बर ५ काे कार्यालय परिसरमा रहेकाे रानी पाेखरी स्तराेन्नति गरिनेछ । ठिन्केमा सडक निर्माण गरिनेछ ।
बजार क्षेत्रमा सिलेट बिछ्याउने कामकाे सुरूवात पनि यहीँ कार्य अन्तर्गत हाे । उक्त कार्यक्रमकाे २०८० बैशाख १९ गते सम्झौता भएकाे थियाे । आगामी असाेज १९ गतेसम्म सम्पूर्ण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।
जुम्ला दर्पण । ७ श्रावण २०८१, सोमबार १४:३२