मुगुकाे छायानाथ रारा नगरपालिकामा एम्बुलेन्स सेवा सुरू

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयर विष्णुकुमार भामले एम्बुलेन्स सेवा सुरु गरेका छन् । समृद्ध छायाँनाथ रारा नगरपालिका बनाउने भन्दै जनताको सेवा विकास निर्माणसँगै विभिन्न अभियान सञ्चालन गर्दै आएका मेयर भामले बिहीबारबाट एम्बेलेन्स सेवा सूचारु गरेका हुन् ।

चालक अनुमति पत्र पाप्तसँगै मेयर भामले नगरपालिकाभित्रका बिरामीहरुको सेवाका लागि बिहीबार छायाँनाथ रारा नगरपालिकाका– ६ बालै गाउँका ७० वर्षीय वृद्ध बिरामी लोकबहादुर भाम र ६८ वर्षीया बिरामी हिउँकला भामको परिवारलाई उपचारका लागि सो एम्बेलन्स सेवामार्फत जिल्ला अस्पताल पुर्याएर सेवा सूचारु गरेको मेयर भामको सचिवालयले जनाएको छ ।

 

एम्बुलेन्स सेवा कार्यालयको कामसँगै आवश्यकता अनुसार बिहान र बेलुकाको समय, बिदाको समयमा सेवा उपलब्ध गराउने जनाइएको छ । छायाँनाथ रारा नगरपालिका भित्रका १ देखि १४ वडासम्म ८७ बस्तीमध्य सडकको पहुँच पुगेका बस्तीहरुमा एम्बुलेन्स सेवामार्फत बिरामीको सेवा गर्ने नगरपालिकाका मेयर भामले बताए ।

उनका अनुसार समृद्ध छायाँनाथ रारा नगरपालिका बनाउन सरसफाई अभियान, श्रमदान अभियानलगायतका विभिन्न अभियान सञ्चालन गर्दै आएको र यो एम्बुलेन्स सेवाले बिरामी जनताहरुलाई सहज हुनेमा आफू पिश्वस्त रहेको मेयर भामले बताए । छायाँनाथ रारा नगरपालिाकाको एक एम्बुलेन्स र चालक पनि छन् ।

तर एम्बुलेन्स चालक घरायसी समस्याका कारण यतिबेला बिदामा छन् । सवारीसाधन चलाउन आउने भएकाले र आधिकारीक चालक अनुमतिपत्र पनि प्राप्त भइसकेकाले नगरपालिकाभित्र एम्बुलेन्स सेवा सुरु गरेको मेयर भामले बताए ।

खाली समयमा बिरामीहरुको उपचारको लागि अस्पतालसम्म लैजान सहयोग गर्ने र अब एम्बुलेन्स चालक बिदामा बस्दा होस् वा आफ्नो खाली समयमा बिहान–बेलुका, राति जतिबेला पनि बिरामीलाई एम्बुलेन्स सेवा दिइने उनले बताए । यो सेवा नगरप्रमुखको कार्यकाल अवधीभर सञ्चालन गरिनुका साथै कार्यकालपछि आफ्नै लगानीमा एम्बलेन्स खरिद गरेर भए पनि सेवा दिने नगरप्रमुख भामले बताए ।