जुम्ला : तिला गाउँपालिकामा `विद्यार्थीसँग अध्यक्ष´ कार्यक्रम अन्तर्गत विद्यार्थी प्रतिभा पहिचानका लागि पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएकाे छ ।
तिला गाउँपालिकाकाे आयाेजनामा विद्यार्थी प्रतिभा पहिचानका लागि पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएकाे हाे । पालिका स्तरीय प्रतियाेगिता असाेज २२ गतेबाट सुरू भएकाे थियाे । तीन दिनसम्म सञ्चालन भएकाे कायर्यक्रममा प्राथमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे थियाे ।
यस्तै,निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालय स्तरीय वक्तत्वकला र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएकाे हाे । प्राथमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मालिका आधारभुत विद्यालय खाेप्री प्रथम,महादेव आधारभुत विद्यालय द्वितीय र ज्याेति माध्यमिक विद्यालय तृतीय स्थान हासिल गनर्न सफल भएकाे छ ।
यस्तै निम्न माध्यमिक विद्यालय स्तरीय छात्र/छात्रा वक्तत्वकला र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे थियाे । निम्न माध्यमिक विद्यालय स्तरीय छात्रा वक्तत्वकला प्रतियोगितामा सुर्याेदय आधारभूत विद्यालयकी अनिता रावत प्रथम भइन् ।
द्वितीय सुस्मिता राेकाया महादेव माविकी सुस्मिता राेकाया द्वितीय,सिता माविकी सरिता कामी तृतीय र निसा बाेहाेरा सान्त्वना स्थान हासिल गर्न सफल भएकाे गाउँपालिकाले जनाएको छ ।
निम्न माध्यमिक विद्यालय स्तरीय छात्र वक्तत्वकला प्रतियोगितामा सेतीबाडा माविका सागर तिमिल्सिना प्रथम, कालिका माविका महेन्द्र बुढा द्वितीय, विनाेद देउराली आधारभूत विद्यालयका विनाेद कुमार बस्नेत र कालिका आधारभुत विद्यालयका गणेश परियार सान्त्वना स्थान हासिल गर्न सफल भएका हुन् ।
निमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नदैदेवि आधारभुत विद्यालय प्रथम,ज्याेति मावि रासा पालापानी द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।यसैगरी,असाेज २४ गतेदमाध्यमिक विद्यालय स्तरीय छात्र/छात्रा वक्तत्वकला सम्पन्न भएकाे हाे ।
माध्यमिक विद्यालय स्तरीय छात्र वक्तत्वकला प्रतियोगितामा सरस्वती मावि कुडारीका हेम प्रकाश हमाल प्रथम,देउराली मावि जुम्लाकाेटका दिल बहादुर बस्नेत द्वितीय, सिता मावि रारालिहीका मदन बुढा तृतीय र ज्याेति मावि रासा पाला पानीका मदन बुढा सान्त्वना स्थान हासिल गर्न सफल भए ।
ड
छात्रातर्फ सरस्वती मावि कुडारीकी पवित्रा भट्टराई प्रथम,ज्याेति माविकी करिस्मा थापा द्वितीय, जन जागृति माविकी गिता राेकाया तृतीय र सेतीबाडा माविकी मिना चाैलागाई सान्त्वना स्थान हासिल गर्न सफल भइन् ।
यस्तै मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा देवी महादेव मावि प्रथम,ज्याेति मावि रासा पालापानी द्वितीय र जन जागृति मावि तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
यस्तै प्रतियोगिता समापन सत्रमा केहीदिन अघि हिमा गाउँपालिकामा सम्पन्न जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तिला गाउँपालिकाकाे प्रतिनिधित्व गर्दै दाेस्राे स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई नगद दुई हजारसहित सम्मान गरिएकाे थियो ।
समापन सत्रमा बाेल्दै तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले विद्यार्थीकाे प्रतिभा पहिचानका लागि कार्यक्रम गरिएकाे बताए । उनका अनुसार विद्यार्थी भविष्यका कर्णदार हुन् । उनीहरूकाे क्षमता पहिचानका लागि आगामी वषर्षमा पनि कायर्यक्रम गरिने उनकाे भनाइ छ ।
यस्तै उपाध्यक्ष गाेरीकला बुढाले कार्यक्रम सफल रूपमा सम्पन्न भएकाे बताइन् । उनले प्रतियोगिताले छात्र/छात्राहरूकाे क्षमताकाे कदर भएकाे बताइन् । प्रतियोगितामा पालिकाका सम्पूर्ण विद्यालय सहभागी थिए ।
जुम्ला दर्पण । २४ आश्विन २०८०, बुधबार १८:५८