जुम्ला : बाह्रौ शताव्दीको प्रारम्भतिर नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाएका थिए । सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौँ शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको थियाे ।

जुम्लाको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिञ्जा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ । खस सभ्यताका अनेक विशेषता छन् ।
‘बृहत जनसांख्यिक केन्द्र, पुरातात्विक स्मारक र विशिष्ठ कला शैली, संचारका रणनीतिहरू, प्रशासनिक प्रणाली, श्रमको बाँडफाँड, सामाजिक र आर्थिक वर्ग निर्माण र धार्मिक तथा सांस्कृतिक विशिष्ठता’ यस सभ्यताका प्रमुख विशेषताहरू हुन् ।
तीमध्येकाे एक हाे,धार्मिक तथा सांस्कृतिक विशिष्टता । खसकालीन सामाजिक आस्था र धार्मिक अवस्थालाई हेर्दा कैलाश पर्वत र मानसरोवरको महत्वले गर्दा प्राचीनकालदेखि नै खस अधिराज्यमा हिन्दु र बौद्ध अनुयायीहरूको बसोबास थियो ।
बद्रीनाथ, मुक्तिनाथ, खोजरनाथ, शम्भुनाथ र छायानाथ, आदि त्यसबेलाका प्रमुख तीर्थस्थलहरू थिए । त्यस अलवा खस सभ्यतामा मष्टाे परम्परापनि रहेकाे छ ।
मष्टो देवता खस जातिको कुल र मुल मष्ट हुन् । मष्ट पूजा वा कुलपूजालाई देवाली भन्दछन् । मष्टो दुई थरिका छन् ।
दुधे र रक्त । दुधे मष्टलाई बलि हुँदैन भने अन्य मष्टलाई बलि गरिन्छ। दुधेमष्ट बाहेक अन्य मष्टको कुलपूजामा बोकाको वलि चडाईन्छ ।

खस सभ्यताको धार्मिक विशिष्टतासँग जाेडिएकाे क्षेत्र हाे, हालकाे पातारासी क्षेत्र । पातारासी गाउँपालिका वडा नम्बर ६ घाेडासिन एक बस्ती हाे । त्यश बस्तीका मानिसकाे मुख्य धार्मिक क्षेत्र हाे, नाैमुडे मन्दिर ।
याे मन्दिर घाेडासिन गाउँकाे सिरान उभुरकाेटमा अवस्थित छ । वरिपरि घना जंगल । साेही क्षेत्रमा नांगो डाँडा रहेकाे छ । त्यहीँ डाँडाकाे टुप्पाेमा रहेकाे छ । नाैमुडे पुग्न घाेडासिनबाट पैदल हिडेर पुग्न आधा घण्टा लाग्छ ।
पातारासी-६ घाेडासिन गाउँका कृष्ण बहादुर बुढा ७५ वर्षका भए । उनी ७ वर्षकाे हुँदा पहिलाे पटक नाैमुडे मन्दिर पुगेकाे उनलाई याद छ । पुस्ताैदेखि मन्दिर प्रचलनमा रहेकाे उनले बताए । उनीसहित तीन पुस्ताले देउता मान्दै आएकाे छ ।
त्यतिबेला अहिलेकाे जस्ताे संरचना थिए । रूख थियाे । सानाे स्थान थियाे । रूखकाे फेदमै खाडल थियाे । एउटा मात्रै मूर्ति, काँचाे पानस थियाे । अहिले मूर्ति बनाइएकाे छ । सयाैं घण्टहरू छन् ।

मन्दिरमा बलि चढाएकाे रगत सयाैं मिटर तल रहेकाे काेटमा निस्कन्थ्याे । त्यहाँ अहिले पनि मन्दिर छ । बुढाका बुबाकाे पालासम्म रगत निस्कन्थ्याे । वर्षाैं देखि भने बन्द भइसकेकाे छ ।
बुढा ११-१२ वर्षकाे हुँदा यहीँ मन्दिर खल्टी खेल्थे । आफू स्वयम् आएर खल्टी खेल्नकाे लागि मन्दिरमा चढाइएका तीन वटा पैसा लिएकाे उनले बताए । त्यतिबेला मन्दिरमा तामाकाे पैसा चल्थ्याे ।
याे मन्दिरमा वर्षकाे दुई पटक गुप्त पूजा हुन्छ । चैते अष्टमी र वडादशैमा मात्रै पूजा हुन्छ । साउन पुनीमा भने नगी मात्रै चढाइन्छ । नगीका रूपमा दूध, खीर, फलफूल लगायत चढाइन्छ । याे मन्दिरका मुख्य पाली वर्तालु (साेल आसे घाेडसिनका बासिन्दा) हुन् ।
उतिबेला घाेगेसिम गाउँमा १६ वटा घरधुरी थिए । अहिले भने बढेर तेब्बर घरधुरी छ । घाेगेसिम गाउँमा झण्डै ६५ घरधुरी छन् । नाैमुडे घाेगेसिम बासीकाे मूल देउता हुन् । यहाँ पूजाआजाकाे बेला पर्तुन मिल्दैन ।
मागेका कुरा पूरा हुने धार्मिक विस्वास
यहाँ मागेकाे फल मिल्ने जनविश्वास छ । यहीँ नै मन्दिरकाे खास विशेषता मान्छन्, स्थानीय । उनी भन्छन्, ‘तपाईं पत्रकार हुनुहन्छ । शुद्व मनले केही कुरा माग्नुस् । अवस्य फल पाउनु हुनेछ ।’
घाेगेसिमबासीका प्रसस्तै कामना पूरा भएकाे स्थानीयहरूकाे दाबी छ । जस्ताे : घाेगेसिमबासीले पानीकाे मुद्दा जितेका छन् । रूडाे परेर पानी नपरेकाे बेला पानी माग्दा परेकाे छ । कसैका शत्रु लागे, बिरामी परे, लामाे यात्रामा जानू परे, स्वच्छ मनले भाकल गरे मनाेकामना पूरा हुन्छ ।
उनीहरूकाे कुराकाे पुष्टि त्यहाँ रहेका प्रसस्तै रूद्राक्षेकाे माला र घण्टहरूले गर्छन् । उक्त मन्दिरकाे मुलगेटदेखि भित्रसम्म बाहिरका मानिसहरू आएर चढाएका नाम अंकित घण्टहरू छन् ।

ती घण्टहरूमा व्यक्तिका नाम कुँदिएका छन् । स्थानीयकाे भनाइ अनुसार केही समय अघि खाद्यका हाकिमदेखि हाल चन्दननाथ नगरपालिकाका नगरप्रमुख रहेका राजुसिंह कठायतसम्म छन् ।
नाैमुडेमा राज्यस्तरबाटै चढाइन्थ्याे पञ्चबली
नाैमुडे खसकालीन समयदेखि पुजिदै मन्दिर भएकाे स्थानीय बताउँछन् । याे मन्दिर बचाउन स्थानीयले भाेटेहरूसँग युद्व लडेकाे देखि तत्कालीन अवस्थामा राज्यस्तरबाटै पञ्चबलि चढाउने गरेका दृष्टान्त छन् ।
वर्षकाे दुईपटक मात्रै गुप्त पूजा हुने नाैमुडे मन्दिरमा पञ्चबलि चढाउने गरेकाे विगत छ,त्याेपनि राज्यस्तरबाट, याे प्रचलन अहिलेपनि विद्यामान छ । याे मन्दिरमा पञ्चबलिका रूपमा राँगाे, खसी, कुखुरा, माछा र सुँगुरकाे बलि दिइथ्याे ।
अहिले भने हरेक वर्ष एउटा खसी बलि चढाइन्छ । सरकारीस्तरबाट अहिलेसम्म जनाइ, सुपारी, सिन्दुर, केशर, ध्वाजा र पुरी सदरमुकामस्थित गण र चन्दननाथ मन्दिरबाट हरेक पूजाकाे बेला आउँछ ।

बाेकाकाे बदलामा नरिवल ल्याउँछन् । यी सम्पूर्ण सामग्री पुर्याउन सरकारी बाहुन आउँछन् । याे मन्दिरका पुजारी सिम्खाडा गाउँका बाहुन हुन्छन् ।
याे मन्दिरकाे मुख्य थपना काठमाडौंमा पनि छ । काठमाडौं र जुम्लास्थित गणमा राँगो बलि भने उतै चढाइन्छ ।
सीमा रक्षा र मन्दिर बचाउन भाेटसँग लडाइँ
१८ औँ शताब्दीसम्म खस साम्राज्य थियाे । गाेर्खा राज्यमा विलय भएपछि यसकाे अस्तित्व संकटमा पर्दै गयाे । हाल पनि अस्तित्वमा रहेका यारी नाका र ताउलाखार लगायतका क्षेत्रमा यस क्षेत्रका नागरिक सीमा रक्षा गर्न डटेका थिए ।
घाेडासिन गाउँकै हस्त बहादुर बुढा सीमा सुरक्षामा खटिएकाे उनका भाइ कृष्ण बहादुर बुढा बताउँछन् । उतिबेला यस क्षेत्रका स्थानीय र भाेटेहरूबीच सीमा सुरक्षा र मन्दिर संरक्षणका लागि युद्वसमेत भएकाे थियाे ।
नाैमुडे मन्दिर रहेकाे क्षेत्र अग्लाे ठाउँमा छ । त्यहाँ डाँडाेपनि छ । बीचमा समथल क्षेत्र छ । पारी पट्टिपनि अग्लाे डाँडाे छ ।

घाेडासिन गाउँका ७४ वर्षीय सिंहबहादुर महतारा दुवैतर्फका डाँडाबाट भाेटे र स्थानीयबीच लडाइँ परेकाे बताउँछन् । उनका अनुसार भाेटेसँग अत्याधुनिक हतियार थिए । यहाँका स्थानीयसँग सामान्य गाेली गठ्ठा मात्रै ।
युद्व धेरै चल्याे । त्यहीँ बेला नाैमुडे मष्ट एक स्थानीयकाे आङमा चढेर पर्खालभित्र लुक्न सुझाएका थिए । स्थानीय भागेकाे सम्झेर भाेटेहरू वारि आउँदै थिए ।

भाेटेहरूलाई पर्खालका ढुंगा लाेटाएर भगाइयाे । काेही मरे । काेही घाइते भए । त्यसरी स्थानीयले मन्दिर जाेगाएकाे उनकाे भनाइ छ । पछिसम्म पनि लडाइँमा प्रयाेग भएका गाेला आफूहरूले भेटाएकाे महतारा बताउँछन् ।

नाैमुडे मन्दिरसम्म पुग्न परम्परागत ढुंगाकाे प्रयाेग गरेर सिँढी बनाइएकाे छ । त्यस ढुंगाले चिनेका देवलहरू अझै छन् । त्यहीँ छ, अलाैकिक ढुंगा ।
त्याे ठुलाे ढुंगालाई ऐेना ढुंगा भन्ने गरेकाे स्थानीय ६५ वर्षीय धनबहादुर बुढाकाे भनाइ छ । उनकाे भनाइ अनुसार त्याे ठुलाे ऐेना जस्ताे थियाे । एकदमै टल्किने । उभुरकाेटमा रहेकाे ढुंगा कैयौं माइल क्षेत्रसम्म टल्किन्थ्याे ।

उनी भन्छन्, ‘धेरै परसम्म टल्किन्थ्याे । धेरै ठाउँमा टल्किने भएकाेले त्यतिबेलाकाे भाेटे सरकारका सेनाले त्याे ढुंगामा खुकुरी प्रहार गरेर भाँचिदिए । त्यसमा खुकुरीकाे धारकाे चाेट अझै छ ।’
उनले भनेझै ढुंगामा अहिलेपनि धार देखिन्छ ।
स्थानीयकाे गुनासाे :सराेकारवालाले संरक्षणमा ध्यान दिएनन्
धार्मिक आस्थाकाे केन्द्रकाे रूपमा रहेकाे मन्दिरकाे संरक्षणमा सराेकारवालाकाे ध्यान पुग्न नसकेको स्थानीयकाे गुनासाे छ । मन्दिर अग्लाे ठाउँमा भएपनि खुल्ला छ ।
पछिल्लाे समय स्थानीय मिलेर केही पाटी र पूजाकाे बेला बस्ने ठाउँ बनाएका छन् । पूजाकाे समयमा त्यहाँ मानिसहरूकाे भीड लाग्ने गर्दछ ।

‘मूर्ति, घण्ट, रूद्राक्ष लगायतका महत्त्वपूर्ण वस्तुहरू छन् । चाेरी हुने, हराउने डर छ । त्यसकाे लागि बलियाे पखर्खालकाे आवश्यकता रहेकाे छ,’ त्यहाँका पुजारी गाेरबहादुर राेकाया भन्छन् ।

घाेडासिन गाउँका युवा ऐनबहादुर कठायत त ऐेहासिक महत्त्व बाेकेकाे मन्दिरकाे प्रचारप्रसार आवश्यक रहेकाे बताउँछन् । धार्मिक आस्थाकाे केन्द्रकाे रूपमा रहेकाे नाैमुडे मन्दिरकाे प्रचारप्रसार र संरक्षण गर्नुपर्नेमा जाेड दिए ।

शुभाकर विश्वकर्मा । २२ श्रावण २०८१, मंगलवार ११:५९